News Category 2079/10/12
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म
दैनिक समाचारदाता
राजविराज, १२ गते ।
चौथो मिथिला कप टि २० क्रिकेट प्रतियोगिता माघ १४ गतेदेखी सुरु हुने भएको छ । युवा शक्ती क्लब विष्णुपुरको आयोजना संचालित उक्त प्रतियोगिता माघ २६ गते सम्म संचालन हुने भएको छ ।
क्लबले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितमा प्रदेश १ का ३, मधेश प्रदेशका १०, बागमती प्रदेशका १ र छिमेकी राष्ट्र भारतका २ गरी १६ टिमको सहभागिता रहने जानकारी गराएको छ ।
क्लबका अध्यक्ष इन्जिनीयर रवीन्द्र यादवका अनुसार करिब १५ लाख खर्च हुने अनुमान गरीएको प्रतियोगिताका विजेता टिमले १ लाख नगद र ट्रफी तथा उपविजेता टिम ५० हजार नगद र ट्रफी पाउने छन ।
यस्तै विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाउनेछन । नकआउट प्रणालीको आधारमा खेलाईने सम्पुर्ण खेल राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न हुने छ ।
प्रतियोगिता संचालनका लागी विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, छिन्नमस्ता गाउपालिका, रुपनी गाउँपालिका, बोदे वर्साईन नगरपालिका, राजविराजनगरपालिका, एस के इन्जिनीयरिङ्ग कन्सल्टेन्सी, अर्ना सिमेन्ट, मुक्तीनाथ विकास बैंक, मिलन डेरी, शिब्स बोडिङ्ग स्कुल लगायतका पालिका, शिक्षण संघ सस्था, प्रतिष्ठान र विभिन्न संघ संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने आयोजक समितीका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए ।
सप्तरी क्रिकेट संघको समन्वयमा गरिन लागेको प्रतियोगिताको मुख्य प्रायोजक रहेका विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/21 चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
- 2081/01/20 प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
- 2081/01/20 जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
- 2081/01/20 अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
- 2081/01/20 मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
- 2081/01/20 पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
- 2081/01/20 साझीको बिष्फोटक ब्याटिङ र बलिङको मद्दतले सप्तरी फाइनलमा प्रवेश
- 2081/01/19 महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
- 2081/01/19 ९७ अग्नीपीडितको निःशुल्क उपचार
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ