News Category 2079/10/15
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
स्व.साकेत चन्द्र मिश्रको स्मृति एवं सम्मानमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जारी १३ औं अन्तराष्ट्रिय महिला तथा पुृरुष कुश्ती प्रतियोगिताको दोश्रो दिन आईतवार नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् ।
विभिन्न तौल समुहमा पुरुष तर्फ ३ र महिला तर्फ १ प्रतिस्पर्धा भएकोमा पुरुष तर्फका सबै प्रतिस्पर्धा नेपाली पहलमानहरुले जीतेका छन् । महिला तर्फ भएको एक खेलमा भने भारतीय खेलाडी विजयी भएका छन् ।
दोश्रो दिनको खेलमा नेपालका वसन्त थापा (बाके), रोहित थापा (बाके) र बाबा यादव (पर्सा) ले क्रमश भारतका जल्लाद सिंह (बिहार), सन्ता सिंह (बिहार ) र सोनु गुजर (हरियाणा) लाई पराजीत गरे ।
महिला तर्फ भने भारत (हरियाणा) कि नेहा सिंहले नितु गुजर (बिहार) लाई पाखा लगाईन । पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका स्व.साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा उक्त प्रतियोगिता सरस्वती पुजाको अवसर पारेर विगत १३ वर्ष देखि निरन्तर संचालन हुदै आएको आयोजक समितीका अध्यक्ष अजित कुमार मिश्र (पप्पु) ले जानकारी दिए ।
चार दिन सम्म चल्ने प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १८ महिला र ४२ पुृरुष खेलाडी सहभागी रहेको आयोजक समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/21 चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
- 2081/01/20 प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
- 2081/01/20 जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
- 2081/01/20 अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
- 2081/01/20 मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
- 2081/01/20 पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
- 2081/01/20 साझीको बिष्फोटक ब्याटिङ र बलिङको मद्दतले सप्तरी फाइनलमा प्रवेश
- 2081/01/19 महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
- 2081/01/19 ९७ अग्नीपीडितको निःशुल्क उपचार
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ