News Category 2080/09/15

उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी

दैनिक समाचारदाता

उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 

    कानुन व्यवसायीहरुको साझा संगठन उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा लोकतान्त्रिक कानून व्यवसायी समूहका कानुन व्यवसायी हरेराम यादव बिजयी भएका छन् ।     उनी प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुहका तर्फबाट उम्मेदवार बनेका बलराम सिंहलाई १७ मतले पराजित गरि बिजयी भएका हुन् । अध्यक्ष यादवले १ सय ३ मत ल्याए भने सिंहले ८६ मत प्राप्त गरे । 
    शनिबार सम्पन्न निर्वाचनमा सचिव र एक सदस्य बाहेक सम्पूर्ण पदाधिकारी लोकतान्त्रिक कानून व्यवसायी समूहका निर्वाचित भएका छन् । 
    लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्षसहित उपाध्यक्ष धमेन्द्र यादव र कोषाध्यक्षमा उमाशंकर देव निर्वाचित भए । सोही प्यानलबाट सदस्यहरुमा डा. संतोष कुमार चमन यादव, दिनेश कुमार सिंह, डा. शिव नारायण यादव, रामचन्द्र मण्डल, राज कुमार साह, नित्यदेव प्रसाद यादव, किसुन देव ठाकुर र कौशल किशोर दत्त निर्वाचित भए । यस्तै प्रगतिशिल पेशागत कानुन व्यवसायी समूहबाट सचिवमा दानो कुमारी चौधरी र सदस्यमा राजकुमार टरैत निर्वाचित भए । 
    सह–सचिव पदमा भने दुबै प्यानलबाट उम्मेदवारी नपरेपछी सो पद रिक्त हुन गएको र उक्त पद पछी मनोनयन प्रक्रियाबाट पूर्ती गरिने निर्वाचन समितिले जनाएको छ । 
    यसअघि केन्द्रिय पार्षद पदमा डा. देव नारायण यादव, रणधिर कुमार कर्र्ण, अशोक कुमार झा, बलविर चौधरी, बालाकृष्ण ढुंगाना, मिथलेश चन्द्र लाभ, गुञ्जेश्वर प्रसाद यादव, राम नारायण देव र भुप नारायण यादव निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक धिरेन्द्र कुमार यादवले जानकारी दिए । 
    दुई वर्षे कार्यकालका लागी हुने एशोसिएशनको निर्वाचनमा कुल २ सय ३ मतदाता रहेकोमा १ सय ९२ मत खसेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट