News Category 2080/09/18

बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै

दैनिक समाचारदाता

बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै

दैनिक समाचारदाता
राजबिराज, १८ पुस ।  

    राजबिराज २ स्थित बन्द रहेको साईकृष्णा अस्पतालका विभिन्न सामानहरु चोरी भइरहेको छ । 
    पछिल्लो पटक सोमवार बेलुका ७ बजे केही युवाहरूले अस्पतालको उत्तर पट्टीमा फलामको संरचना चोरी गरेर सिटीमा लोड गरि लाने क्रममा स्थानियले रोकेका थिए । 
    सामानबारे स्थानीयले खोजतलास गर्न थालेपछि ती युवाहरु सामान छोडेर भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि राजबिराज २ स्थित राजदेबी अस्थाई प्रहरी बिटका प्रहरीले ती सामानहरू नियन्त्रणमा लिएको छ ।
    लथालिङ अवस्थामा रहेको उक्त अस्पतालको निगरानी गर्ने कोही नरहेकोले दैनिक रूपमा अस्पताल परिसरका सामानहरु चोरी भइरहेको स्थानिय शिक्षिका गिता यादब बताउछिन ।
    कुलतमा लागेको युवाहरूले यस क्षेत्रमा हो–हल्ला समेत गर्ने गरेको र समाजको वातावरणमा समेत बिग्रार्ने गरेको यादबको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट