News Category 2080/09/21

जनमूखीको साधारण सभा सम्पन्न

दैनिक समाचारदाता

जनमूखीको साधारण सभा सम्पन्न

राजविराज÷जनमुखी बहुउद्देश्यीय सहकारी संस्था राजविराजको २२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । 
आयोजित सभामा मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्रि महेश प्रसाद यादवले सहकारीको विकासका लागि सबै क्षेत्रले इमान्दारीपूवर्क काम गर्नु पर्नेमा जोड दिएका छन् । हाल सहकारी क्षेत्रमा देखिएका केही व्यथितिलाई सुधार गर्दै अगाडी बढ्नु पर्ने सुझावसहित यसका लागि सबैजना इमान्दारिताका साथ अघि बढ्नु पर्ने बताए । 
संस्थाका अध्यक्ष सचिन्द्र दासले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै हाल २ करोड ८५ लाख ७४ हजार ३ सय शेयर पूजी रहेको जानकारी दिएका छन् । उनले आ.ब. २०७९÷८० मा ९६ करोड ९२ लाख ९९ हजार ३ सय ७८ निक्षेप संकलन, ९४ करोड ५० लाख ८१ हजार ८ सय ६३ निक्षेप फिर्ता, २० करोड १० लाख ५६ हजार ९ सय १८ ऋण लगानी तथा २० करोड ३१ लाख ६४ हजार ४ सय ७७ रुँपैया ऋण असुली भएको वार्षिक प्रतिवेदनमार्फत सार्वजनिक गरे ।
सभामा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य तथा मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रमुख बिरबल कुमार राजवंशी, वडा नं. ४ का अध्यक्ष दिनेश साह, जिल्ला सहकारी संघका प्रबन्धक रमेश गुप्ता, पत्रकार नवीन कुमार गुप्ता, संचालक समिति सदस्य देवनारायण चौधरी, शैलेन्द्र मण्डल लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट