News Category 2080/09/21

प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै

दैनिक समाचारदाता

प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै

राजविराज÷राजविराजस्थित प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औं साधारण सभा सम्पन्न गरेको छ । 
१२औं साधारणसभा तथा १३औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष सरफराज अन्सारीले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्ताको विश्वास र कर्मचारीको इमान्दारीता र महिनेतले संस्था अघि बढेको बताए । 
    उनले हाल संस्थाको शेयर पूँजी ८३ लाख भन्दा बढी पुगेको जनाए । संस्थामा अहिले ६ हजार शेयर सदस्य पुगेको बताउँदै उनले ग्राहकको विश्वास तथा सहकारी विश्वास, नियमकारी निकायको नीति, निर्देशन तथा राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको मापदण्ड पूरा गर्दा यस्तो सफलता मिलेको जनाए ।
    संस्थाले २०७९÷८० मा करिब १७ करोडको कारोबार गरि १२ लाख रुँपैया खुदनाफा आर्जन गर्न सफल भएको संस्थाका ब्यवस्थापक राजकुमार साहले जानकारी दिए । 
    गरिबी निवारण र समाज उत्थानको मूल उद्देश्य बोकेको संस्थाले विगत १२ वर्षको अवधीमा बचत तथा ऋणका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत विशेष कार्यक्रमहरु संचालन गर्दै आएको लेखा समितिका संयोजक मो. समि असगरले बताए । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट