News Category 2080/09/21

श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ

दैनिक समाचारदाता

श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ

राजविराज÷प्रहरीले श्रोत नखुलेको भारतीय ५ लाख २९ हजार ९ सय ७० रुँपैयासहित शुक्रबार साँझ एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुवनी नगर निगम वडा ३ निवासी २५ वर्षिय संजयकुमार यादव छन् ।
    उनलाई शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ । बरामद रुँपैयाको नेपाली मुल्य ८ लाख ४७ हजार ९ सय ५२ रुँपैया हुन आउँछ । 
    सप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चौकमा भारतीय नम्बर बीआर ५०बी१५४२ नम्बरको मोटरसाइकल चढीआएका यादवसँग श्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि इटहरीस्थित आन्तरिक राजश्व कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट