News Category 2080/09/22

भारोत्तोलनका खेलाडीको बिदाई

दैनिक समाचारदाता

भारोत्तोलनका खेलाडीको बिदाई

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।

    भक्तपुरमा पुस २४ देखी पुस २६ सम्म संचालन हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिने सप्तरीका खेलाडीहरुलाई आइतबार एक कार्यक्रमबीच बिदाई गरिएको छ । 
    जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको आयोजना गरि खेलाडीको बिदाई गरेको हो । 
    प्रतियोगितामा सप्तरीबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले सो अवसरमा जानकारी गराए ।
    कार्यक्रममा भारोत्तोलन संघ सप्तरीका कार्यवाहक अध्यक्ष गोपालप्रसाद गुप्ता, खेलकुद पत्रकार संघका अध्यक्ष मनोजकुमार माझी, प्रेस काउन्सीलका पूर्वसदस्य देवराम यादव लगायतले शुभकामना दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट