News Category 2080/09/26
पत्रकार राई र यादव सम्मानित
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरिएको पत्रकारीता पुरस्कारबाट पत्रकार डम्बर राई सम्मानित भएका छन् ।
बिहीबार महासंघको सभाकक्षमा आयोजित ३० औं लोकेन्द्र स्मृति दिवसमा आयोजित कार्यक्रममा २८ औं लोकेन्द्र स्मृति पुरस्कारबाट पत्रकार राई सम्मानित भएका हुन् । पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ । पत्रकार राई प्रेस चौतारी सप्तरीका अध्यक्ष समेत हुन् ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाद्वारा स्थापित वातावरणीय पत्रकारिता पुरस्कार राससका राजविराज संवाददाता अरुण कुमार यादवलाई प्रदान गरिएको छ ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवलले पत्रकारद्वय राई र यादवलाई उक्त सम्मान प्रदान गरे ।
विगत दुई दशक देखी पत्रकारीताको माध्यमले समाज उत्थानमा योगदान पु¥याए वापत उनीहरुलाई सम्मान गरिएको पुरस्कार छनौट समितीका संयोजक बैजनाथ झाले बताए ।
पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैजनथा झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्रेस काउन्सीका पूर्व सदस्य देवराम यादव, प्रेस युनियनका सभापति बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका सतिश कुमार दत्त, महासंघका सल्लाहकार मनोहर कुमार पोखरेललगायतले स्व. पत्रकार बुढाथोकीको जिवनी बारे प्रकाश गर्दै पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिएका थिए ।
सप्तरीलाई कार्यक्षेत्र बनाएर निर्भिक, निडर तथा निश्पक्ष पत्रकारिता गर्दै आएका बुढाथोकीको २९ वर्षअघि रहस्यमय मृत्यु भएको थियो । हालसम्म पनि उनको मृत्युको रहस्य भने खुल्न सकेको छैन् । स्व. पत्रकार बुढाथोकीको स्मृती एवं सम्मानमा पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष उनको स्मृति दिवसको अवसर पारेर सप्तरीका एक जना पत्रकारलाई सम्मानित गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
- 2081/01/18 श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
- 2081/01/18 महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
- 2081/01/17 एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
- 2081/01/17 जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ