News Category 2080/10/09

पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु

दैनिक समाचारदाता

पुर्वमन्त्री यादवद्वारा सप्तरी स्वाभिमान यात्रा सुरु

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेश कुमार यादवले मंगलबारदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी यात्राको सुरुवात गरे ।
    सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गरेका हुन् ।
    अभियानको सुरुवात गर्दै उनले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे । 
    अभियानका क्रममा पार्टीको झण्डा नबोकी केबल नेपाल राष्ट्रिय झण्डा मात्र बोकेर नागरिकहरुको घर घरमा जाने उनले बताए । 
    जिल्लाको बलानबिहुल गाउँपालिकास्थित चन्ही मल्हनियाँबाट अभियानको सुरुवात गरिएको उनले बताए । अभियानका क्रममा गाउँका बुद्धिजिवी, किसान तथा सर्वसाधारणहरुसँग सप्तरीको कृषि, सिंचाई, पर्यटन लगायतका समस्या बारे छलफल गर्ने उनको भनाई छ । 
    ‘‘अभियानका क्रममा सप्तरीको एउटा पालिकामा कम्तीमा एक हप्तासम्म बस्छु, त्यहीका स्थानीयसँग बसेर स्थानीयका समस्याहरुको पहिचान गर्छु”, पुर्वमन्त्री यादवले भने,‘‘ स्थानीय स्तरमा देखिएका समस्याहरुको बिषयमा गाउँका स्थानीयबबासी तथा स्थानीय सरकारका प्रमुह लगायतहरुसँग अन्र्तक्रिया गर्छु ।” स्थानीय तहबाटै समाधान हुने बिषयलाई स्थानीय तहबाटै र अिन्य निकायबाट समाधान हुने बिषयलाई सम्बन्धी निकायमा लैजाने छु, उनले भने । 
    पहिलो चरणमा जिल्लाको १८ वटै पािलकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाब सल्लाह अनुसार दोश्रो चरणको कार्यक्रम निर्धारण गर्ने उनले बताए । 
    यसअघि पुर्वमन्त्री यादवले गत शुक्रवार सप्तरी स्वाभिमान यात्राको सन्दर्भमा जिल्लाका बुद्धिजिवी, पेशाकर्मी, राजनीतिक दलका प्रतिनिधि लगतयका सरोकारबालासँग अन्र्तक्रिया गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट