News Category 2080/10/11

पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो

दैनिक समाचारदाता

पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो

दैनिक समाचारदाता
राजविराज, ११ माघ ।

    पुसी पुर्णिमाको अवसरमा सप्तरीका आधा दर्जन जती पालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । 
    यस अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका लगायत आधा दर्जन जति पालिकाले बिहीवार सार्वजनिक विदा समेत दिएको हो ।
    पुर्णिमाको अवसरमा सप्तकोशी लगायत विभिन्न नदी जलाशयहरुमा बिहीबार हजारौ श्रद्धालुहरुले स्नान गरेका छन् । सुनसरी र सप्तरीको सिमामा पर्ने सप्तकोशी नदीमा श्रद्धालु भक्तजनको सर्वाधिक भीड देखियो । यहाँ एक दिने पूर्णिमा मेला समेत लागेको छ ।
    पूर्णिमाका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेकाले अत्याधिक चिसोका वावजुद सप्तकोशी नदीमा (डुबुल्की) स्नान गर्न ५० हजार भन्दा बढी श्रद्धालु भक्तजन पुगेको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताए । 
    सप्तकोशी नदीमा पूर्णिमा स्नानका लागि सुनसरी र सप्तरीका मात्र होइन । छिमेकी राष्ट्र भारतको भिमनगर, विरपुर, सिम्राही, कर्जाईन, फारबिसगन्ज, सहर्षासम्मका वृद्धवृद्धा, बालबालिका तथा महिला पुरुषको भिड लागेको स्थानीयवासी गंगा साहले बताए । यहाँ लाग्ने एक दिने मेलालाई कृषि मेलाको रुपमा समेत चिनिदै आएको छ । मेलामा कृषि औजारहरुका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामाग्रीहरुको खरीद बिक्रीका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट