News Category 2080/10/12

मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  

दैनिक समाचारदाता

मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  

दैनिक समाचारदाता
जनकपुरधाम, १२ माघ ।

    राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन् । 
    नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भएका हुन् । 
    निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गरे । प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गरे । 
    त्यसैगरी, चौधरीले प्रदेशसभाबाट ७६ र पालिकाबाट दुई सय पाँच मत गरी जम्मा सात हजार नौ सय २३ मतभार प्राप्त गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट