News Category 2080/10/20

चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट

दैनिक समाचारदाता

चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट

    राजविराज÷डिभिजन वन कार्यालय सप्तरीले चोरी सिकारी गरी मारिएका दुईवटा हरिणको मासु शनिबार नष्ट गरेको छ ।
    चोरी सिकारी गरी मारिएका दुईवटा हरिणको अखेटोपहार (ताजा मासु) प्रहरी, पत्रकार, वन कर्मचारी तथा स्थानीय भरभलादमीको रोहबरमा रूपनी गाउँपालिकास्थित शम्भुनाथ सबडिभिजन वन कार्यालय परिसरमा खाल्डो खनी पुरिएर नष्ट गरिएको हो ।
    यसअघि दुई वटा हरिण मारेको आरोपमा प्रहरीले शुक्रबार राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई पक्राउ गरेको थियो । 
    जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न झालाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले हरिणको अखेटोपहार (ताजा मासु) ३५ किलो, १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
    उनीमाथि वन ऐन २०७६ ले निर्दिष्ट गरेको व्यवस्था बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट