News Category 2080/10/20
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना
राजविराज÷एलानी जग्गामा फुसको झुप्रोमा बस्दै चौकमा चप्पल, जुत्ता सिउने र पोलिस लगाउने काम गरेर बृद्ध बुवा जोगेन्द्र राम र अर्काको खेतबारीमा ज्यालादारी गरेर आमा चन्द्रिकाले जोडेको रकमबाट स्कुल शिक्षा प्रारम्भ गरेका २१ वर्षिय हरेरामलाई डाक्टर बनाउ चाहन्छन् ।
परिवारको नाममा एक टुक्रो जमिन समेत छैन् । हरेराम पढाईमा निकै अब्बल छन् । अध्ययनलाई निरन्तरता दिँदै हरेराम डाक्टर बन्न चाहन्छन् । यसको पहिलो खुडकिलो समेत उनले पार लगाएका छन् । तर, चिकित्सा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा ८ नम्बरमै नाम निकाल्न सफल हरेरामलाई अहिले काठमाडौँमा डेरा भाडामा लिई बस्न, खान, लाउन र पुस्तक खरिद गर्न लगायतका समस्याले पिरोलेको छ ।
सप्तरीको महादेवा गाउँपालिका २ चक्ला निवासी रामपरिवार केही वर्ष यता हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनीहरूको परिवारको नाममा जमिन समेत छैन । एलानी जग्गामा फुसको झुप्रो बनाई बस्दै आएका राम परिवारका जेठो छोरा हरेराम चिकित्सा आयोगले हालै लिएको परीक्षामा ८ नम्बरमा नाम निकाल्न सफल भएका हुन् । उनी केही दिनअघि मात्र काठमाडौँस्थित आयुर्वेद क्याम्पस किर्तीपुरमा बिए एमएस (ब्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी)ंमा एडमिशन समेत गराइसकेका छन् । साढे पाँच वर्षको कोर्स रहेको बीए एमएस पढाइ यही २९ माघदेखि सुरु हुँदैछ । सो क्रममा एडमिसन वापत लागेको २२ हजार आमा चन्द्रिकाले गाउँकै एक साहु महाजनसँग हारगुहार गरी ऋण सापटी लिएकी छिन् ।
एडमिसन त जसोतसो गराइयो, हरेरामकी आमा चन्द्रिकाले भनिन् – अब छोरालाई साढे पाँच वर्षको कोर्स पूरा गराउन काठमाडौँमा डेरा भाडामा लिइ राख्न, लान खुवाउन र पुस्तक खरिद लगायतको खर्च कसरी र कहाँबाट जुटाउने भन्ने चिन्ताले निन्द्रा हराएको छ ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण साढे ५ वर्ष काठमाडौँमा राखेर छोरालाई पढाउने अवस्था नरहेको उनको दुखेसो छ । बढी खर्च लाग्ने डाक्टर, इन्जिनियर, पाइलट लगायतका विषयमा नाम निकालेपछि केही पालिकाले गरिब, विपन्न र पिछिडिएका समुदायका विद्यार्थीलाई शुल्क तिरेर पढाउने गरेको राम परिवारले सुनेका छन् ।
कुनै पालिकाले पूर्ण त केही पालिकाले आंशिक शुल्क तिरेर त्यस्ता विद्यार्थीहरूलाई पढाउने गरेको सुनेपछि नगरपालिकामा पुगेर सहयोग माग्दा पनि आश्वासन मात्र पाइएको हरेरामका बुवा जोगेन्द्रले सुनाए । प्रतिकूल परिस्थिति र वातावरणको सामना गर्दै भविष्यमा केही बनौँ र गरौं भन्ने सोच लिएर अघि बढेका छोरालाई सहयोग गरिदिन उनले सबैसँग आग्रह समेत गरेका छन् ।
चप्पल, जुत्ता सिलाई र पोलिस गरेर भएको आम्दानीबाट घर खर्च कटाएर छोरालाई यहाँसम्म पु¥यायौं । उनले भने,– अब त शरीरले पनि साथ दिन छोडेकाले थप रकमको व्यवस्था गर्न तनाव र समस्यामा परेका छौं ।
उनले कुनै संघसंस्था वा व्यक्तिले सहयोग गरे छोराको पढाइ अगाडि बढ्ने र आफूहरूको चाहना पूरा हुने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/21 चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
- 2081/01/20 प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
- 2081/01/20 जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
- 2081/01/20 अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
- 2081/01/20 मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
- 2081/01/20 पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
- 2081/01/20 साझीको बिष्फोटक ब्याटिङ र बलिङको मद्दतले सप्तरी फाइनलमा प्रवेश
- 2081/01/19 महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
- 2081/01/19 ९७ अग्नीपीडितको निःशुल्क उपचार
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ