News Category 2080/10/21

दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ

दैनिक समाचारदाता

दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ

दैनिक समाचारदाता
राजविराज, २१ माघ ।

    दश दिनदेखी सम्पर्कविहीन रहेका एक युवकको शव शनिबार कोशी ब्यारेजमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ घर भएका १९ वर्षिय रुपेश कुमार मुखिया मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । माघ ११ गते पूर्णिमाका दिन सप्तकोशीमा लाग्ने मेला भर्न गएका रुपेश सोही दिनदेखी सम्पर्कविहीन भएका थिए । 
    मृतक रुपेशका दुई जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    प्रहरी र परिवारजनले उनको खोजि कार्य जारि राखेका बेला उनको मृत शरीर शनिबार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ढोका नं. ४१ मा अडकिएको अवस्था फेला परेको थियो । 
    परिवारजनले रुपेशसँग गएका साथीहरुले नै हत्या गरेको दाबी गर्दै घटनाको सुक्ष्मअनुसन्धान गरि दोषिमाथी कडा कारवाहीको माग गरेका छन् । 
    डिएसपी नेउपानेले मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट