News Category 2080/10/23
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयले गत माघ ७ गते विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन वार्ता र छलफलका लागि सम्बन्धीत सरोकारवालासँग आग्रह गरेको छ ।
विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुरद्वारा मंगलबार जारी अनुरोध पत्रमा सौहाद्रपुर्ण वातावरण सृजना तथा वार्ता र सम्वाद मार्फत समस्याको समाधानका लागी पहल गरिदिन सम्बन्धित सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।
डा. ठाकुरद्वारा जारि अनुरोध पत्रमा लगाइएको तालाबन्दीका कारण पठन–पाठन प्रभावित बन्न पुगेको, फर्म रजिष्टे«शन, नयाँ भर्ना लगायतका कामका साथै विश्वविद्यालयको दैनिक कामकाज सबै ठप्प भएको उल्लेख गरिएको छ ।
वर्तमान अवस्थामा रहेको बेरोजगारी, खाद्य संकट तथा शिक्षा आर्जनका लागी विद्यार्थीहरु विदेशीने क्रम बढीरहेका वेला यसलाई रोक्न मधेश प्रदेश कै गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयमा लामो समयदेखि गरिएको तालाबन्दीले विद्यार्थीको भविष्यमाथी संकट उत्पन्न हुने भन्दै अनुरोध पत्र मार्फत सो आग्रह गरिएको छ ।
गत माघ ७ गते जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको नेतृत्वको टोलीले विश्वविद्यालयमा दलिय तानाशाही हावी भएको, विश्व विद्यालयको डिपिआरमा भ्रष्टाचार भएको, परिक्षा बोर्ड बिनै परिक्षा लिइएको तथा विश्व विद्यालयका सहकुलपतिलाई कुनै जानकारी नै नदिई विश्व विद्यालयको शिलान्यासको कार्यक्रम राखेको भन्दै त्यसको बिरोधमा तालाबन्दी गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/21 चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
- 2081/01/20 प्रदेश सरकारले अग्निपीडितका लागि आवास बनाइदिने ः मुख्यमन्त्री यादव
- 2081/01/20 जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
- 2081/01/20 अग्निपीडितलाई निशुल्क खाना खुवाइदै, कर परामर्श सेवा केन्द्रद्वारा खाद्यान्न उपलब्ध
- 2081/01/20 मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
- 2081/01/20 पत्रकार महासंघका सल्लाहकार पोखरेललाई मातृशोक
- 2081/01/20 साझीको बिष्फोटक ब्याटिङ र बलिङको मद्दतले सप्तरी फाइनलमा प्रवेश
- 2081/01/19 महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
- 2081/01/19 ९७ अग्नीपीडितको निःशुल्क उपचार
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ