News Category 2080/12/29
सप्तरीमा इदको रमझम
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
एक महिने लामो रमजानको समाप्तीसंगै सप्तरीका मुस्लिम समुदायले विहिवार पवित्र पर्व इद धुमधामका साथ मनाएका छन् ।
राजविराज ४ स्थित नुरीजामा मस्जिद अगाडी मुस्लिम समुदायका मात्र नभई हिन्दु धर्मावलम्बी पनि पुगी जकात दिएर धार्मिक सदभावको उदाहरण प्रस्तुत गरेका छन् । सामुहिक नवाज पश्चात कतै खीर त कतै विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै इद पर्व मनाइएको छ ।
यस अवसरमा विगत वर्ष भैm यस वर्ष पनि नुरीजामा मस्जिद कमिटी तथा स्थानीय मुस्लिम अगुवाहरुको अगुवाईमा राजविराजको मुख्य बजार क्षेत्रको मेनरोडमा तबरुख (सेवई खीरको प्रसाद) वितरण कार्यक्रमको आयोजना गरियो । जसमा हिन्दु समुदायका ब्यक्ती पनि उल्लेख्य संख्यामा सहभागी भई तवरुख (सेवइ खीरको प्रसाद) ग्रहण तथा एक अर्कालाई अंगालो हालेर शुभकामना आदान प्रदान गरे ।
इद पर्व मनाउन मस्जिद तथा इदगाहहरुमा विहानैदेखी मुस्लिम धर्मावलम्बीहरु पवित्र नमाजका लागी एकत्रित भई सामुहिक नमाजमा सरिक भएका थिए । नेपाली काँग्रेस युवा नेता एवं नुरी जामा मस्जिद कमिटिका महासचिव इर्साद अंसारीले इदको नमाज पढनु पुर्व रोजामा भएको त्रुटी र रोजामा थप शुद्धताका लागी प्रत्येक ब्यक्तीले २ किलो ४५ ग्रामका दरले खाद्यान्न वा सो वराबरको रकम फितराको रुपमा दान गरेको बताए ।
नुरी जामा मस्जिदका अध्यक्ष तैयव अंसारीले हरेक उमेर समुहका ब्यक्ती सहभागी भएको यस पर्वको मुख्य उद्देश्य आपसी भाइचारा र सदभाव कायम राख्नु र आर्थिक रुपमा कमजोर भएकाले सहयोग गर्नु रहेको बताए ।
मुस्लिम अगुवा फैयाज अंसारीले बजार क्षेत्रमा आयोजना गरिएको तबरुख वितरण कार्यक्रममा मुस्लिम र हिन्दु समुदायका गरी २ हजार भन्दा बढी सर्वसाधारण सहभागी भई प्रसाद ग्रहण गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
- 2081/01/18 श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
- 2081/01/18 महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
- 2081/01/17 एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
- 2081/01/17 जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ