News Category 2080/12/29

चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम

दैनिक समाचारदाता

चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।

    चालु आ.ब. २०८०÷८१ बित्नै लाग्दा जिल्ला समन्वय समिति सप्तरीले बल्ल बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 
    चालु आ.ब. बित्न अब तीन महिना मात्र बाँकी रहँदा बिहीबार समितिले जिल्ला सभाको आयोजना गरि बजेट, नीति तथा कार्यक्रम सावर्जनिक गरेको हो । 
    प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गरेको जिल्ला सभामा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साहले चालु आ.ब. २०८०÷८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे । 
    सो अवसरमा उनले जिल्लास्थित संघीय तथा प्रादेशिक कार्यालय, गैरसरकारी संघ संस्था र पालिकाहरुसँग समन्वय गरि जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिल्ला समन्वय समिति पछिल्लो समय अधिकार र आर्थिक रुपमा कमजोर भएको बताए । 
    सभामा उनले आ.ब. २०८०÷८१ मा पूँजीगत तर्फ १ करोड ६५ लाख ६५ हजार ५ सय २९ रुँपैया र चालुतर्फ १ करोड ६३ लाख ५८ हजार गरि ३ करोड २९ लाख २३ हजार ५ सय २९ रुँपैयाको बजेट प्रस्तुत गरे । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणको आधारमा बजेट नीति तथा कार्यक्रम तयार पारेको उनले बताए । 
    नगर र गाउँपालिकाको समन्वय तथा जिल्ला सभाको सक्षम नेतृत्वबाट जिल्लामा सबै पालिकलाई सदरमुकामसँग जोड्न सडक बाटोको निर्माण गरिने प्रस्तुत बजेट, नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख गरिएको छ । 
    त्यस्तै एक पालिका, एक–एक सभागृह, बहुउद्देश्यीय कवर्ड हल र खेलमैदान निर्माण गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिजन्य उत्पादन सुरक्षित राख्न एक निर्वाचन क्षेत्र, एक सीत भण्डारको स्थापना, पाँच वर्षमुनीका बालबालिका, ६० वर्षमाथीका जेष्ठ नागरिक र अपाङता भएका व्यक्तिलाई आधारभुत स्वास्थ्य सेवा निशुल्कका लागि आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 
    कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, प्रदेश सांसद किरण कुमारी साह, सतिशकुमार सिंह, प्रमुख जिल्ला अधिकारी किरण थापाका साथै १८ वटै पालिकाका प्रमुखहरुले शुभकामना दिएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट