News Category 2081/01/10

छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण

दैनिक समाचारदाता

छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल ६ नं गण राजविराजमा सिनियर अधिकृत मेस भवन निर्माण गरिएको छ ।
    आइतबार एक कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र मधेश प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक  दिपेन्द्र साहले उक्त भवनको उद्घाटन गरेका छन् । 
    उक्त भवन निर्माण पश्चात सशस्त्र प्रहरीले खेप्दै आएको मेसको समस्या समाधान हुने पालिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।
    यसअघि सशस्त्र जवानको मेस दुई लाखको आर्थिक सहयोगमा छिन्नमस्ता गाउँपालिकाले निर्माण गरिदिएको समेत अध्यक्ष चौधरीले जानकारी दिए ।
    त्यस्तै, उनले जिल्ला प्रहरी कार्यालय तथा अन्य आम नागरिकलाई दैनिक सेवा प्रवाह हुने कार्यालयमा पनि पालिकाको स्रोत साधनबाट मदत गर्दै आएको बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट