News Category 2071/10/21
निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई हुनुपर्छ ः आयुक्त डा. यादव
दैनिक संवाददाता
राजविराज, २० माघ ।
निर्वाचन आयोगका आयुक्त डा. अयोधि प्रसाद यादवले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई हुनुपर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगद्वारा मंगलबार सप्तरीको राजविराजमा आयोजित निर्वाचन आचार सहिंता तर्जुमा सम्बन्धमा सरोकारबालाहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उहाँले निर्वाचन आयोग जुनसुकै बेला पनि निर्वाचन गराउन तयार रहेको जानकारी दिनुहुदै आयोगले मुलुकमा स्वच्छ, शान्त र धाँँधलीरहित निर्वाचन गराउन आचार संिहता, नीति नियम तयार गरिरहेको उल्लेख गर्नुभयो ।
निर्वाचन आयोगले आप्mनो कार्य तिव्र रुपमा गर्दै आएको जानकारी दिनुहुँदै उहाँले निर्वाचन आचार सहिंता सम्बन्धि रणनीति निमार्ण गर्नु अत्यन्त जरुरी रहेको तथा आचार सहिंता र अनुगमनलाई सँगसँगै लगिने बताउनुभयो ।
आयुक्त डा. यादवले कानुन भन्दा नैतिकता महत्वपुर्ण रहेको बताउँनुहुँदै लोकतन्त्रको आधार नैतिकता रहेको जिकिर गर्नुभयो । एक अर्को प्रसङमा उहाँले मतदान क्षेत्रमै मतगणना गर्न सरकार लगायत राजनीतिक दलहरुले सहमति दिनुपर्ने भन्दै मत पेटिकामा धाँधली हुने कुरा भनिएको समाप्त हुने जिकिर समेत गर्नुभयो ।
उहाँले बहुमतिय प्रणालीलाई खारेज गर्नुपर्नेमा बताउँनुहुदै समानुपातिक निर्वाचन प्रणाली लागु हुनुपर्नेमा जोड दिनुभयो । मतदाता नामावली संकल्न सुदृढिकरण अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्दै उहाँले निर्वाचन आचार सहिंता भित्र रहेर कामकाज गर्न सम्बन्धित सबै सरोकारबालाहरुसँग अनुराधे समेत गर्नुभएको छ ।
सो अन्तरक्रियामा निर्वाचन आयोगका उपसचिव सुभाषचन्द्र राई, सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, नागरिक समाजका थानसिंग भन्साली, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सहभागि रुबी कुमारी चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा लगायतका बक्ताहरुले निर्वाचन आचार सहिंताको बारेमा आ–आफनो धारणा राख्नुभएको थियो ।
सोही अन्तरक्रियामा विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ