News Category 2071/10/21
सप्तरीका १ लाख २ सय ४३ निरक्षरलाई साक्षर बनाइने
दैनिक संवाददाता
राजविराज, २० माघ ।
सप्तरीका १ लाख २ सय ४३ जना निरक्षरलाई आगामी महिनादेखी साक्षर बनाउँने अभियान संचालन हुने जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले मंगलबार सघन साक्षर सप्तरी अभियान २०७१ को बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
आयोजित सम्मेनमा जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले सप्तरीका निरक्षरहरुलाई सन् २०७१ सालभित्रै पूर्ण साक्षर बनाउँने लक्ष्यमा लागिपरेको जानकारी दिनुभयो ।
सप्तरीमा हाल सम्ममा कुल जनसंख्याको महिला ३ लाख २५ हजार ४ सय ३८ जना, पुरुष ४ लाख १३ हजार ८ सय ४७ गरी कुल ६ लाख ३९ हजार २ सय ८४ जना मध्ये ५४.५ प्रतिशत साक्षर रहेका छन भने कुल जनसंख्याको ६७ प्रतिशत पुरुष र ४२.६ प्रतिशत महिला साक्षर रहेको जनाइएको छ ।
सरकारले सघन साक्षर सप्तरी अभियान २०७१ का लागि ५ करोड ६३ लाख ७७ हजार ९ पैसा बजेट बिनियोजित गरी २०७१ सालभित्र सप्तरी जिल्लालाई पुर्ण साक्षर बनाउँने लक्ष्य रहेको जिशिअ भट्टराईले बताउनुभयो ।
सो अभियानका लागि जिल्लाका ४ हजार ६ सय ४५ साक्षर सहजकर्तालाई तालिम दिई जिल्लाका १ लाख २ सय ४३ जना निरक्षरलाई साक्षर बनाउँने लक्ष्य रहेको उहाँले बताउँनुभयो । त्यसका लागि ४ सय ६४ जना साक्षर अनुगमनकर्ता तालिम दिई सो कार्यक्रम अगामी फाल्गुन महिनाको अन्तिम सातादेखि शुरु हुने जिशिअले जानकारी दिनुभयो ।
त्यस्तै साक्षर सहजकर्ताहरुका लागि प्रति महिना दुई हजार र अनुगमनकर्तालाई प्रति महिना दुई हजार पाँच सय प्रदान गरिने जानकारी दिदै जिशिअ भट्टराईले सघन साक्षर सप्तरी अभियान २०७१ लाई सफल पार्नका लागि जिल्लाका सम्पुर्ण सरोकारबाला निकायहरुसँग अनुरोध समेत गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ