News Category 2071/10/21
नागरिक संवाददाता झालाई ज्यान मार्ने धम्की
दैनिक संवाददाता
राजविराज, २० माघ ।
सप्तरीस्थित नागरिक दैनिकका सम्बाददाता जितेन्द्रकुमार झालाई आफुलाई मनोज यादव बताउने एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।
नागरिक संबाददाता झाले प्रयोग गर्ने एनटीसि नम्बरमा ९८०७७०८८१७ नम्बरवाट सोमवार राति साढे ९ बजे तिर फोन गरी अपशब्द प्रयोग गर्दै यादवले ‘तिमिलाई मार्नकै लागि आफु मधेपुरावाट सप्तरी छिरेको’ भनी धम्की दिएका हुन् ।
आफु सप्तरी आई सकेको भनि पटक पटक दोह¥याउँदै उक्त व्यक्तिले पत्रकार झालाई हेर्ने वितिक्कै हत्या गर्ने धम्की दिएका छन् । के कारणले आफुलाई मार्न खोजेको भनि सोध्दा ती व्यक्तिले तिमिलाई अन्तिम चेतावनी दिनका लागि फोन मात्र गरेको भनि फोन काटेका थिए ।
घटना वारे पत्रकार झाले मंगलवारै जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दर्ता गराई सकेको जानकारी दिएका छन् ।
यता नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले घटनाको भत्र्सना गर्दै दोषि उपर कडा कारवाहिको माग गरेका छन् । त्यस्तै राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीका अध्यक्ष जितेन्द्र खडका, तराई सञ्चार समुहका अध्यक्ष बैद्यनाथ यादव, नेपाल प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव लगायतकाहरुले समेत घटनाको भत्र्सना गर्दै अविलम्ब छानविन गरी दोषि उपर कारवाहिको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ