News Category 2081/04/28

राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण

दैनिक समाचारदाता

राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण

दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।  

    मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री निलम रजकले सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ मा भलुवाही नदीले गरेको कटानको निरीक्षण गरेका छन् ।
    भलुवाही नदीको बाढीले वडा नं. ६ स्थित दलित छात्रावास समेत कटानको जोखिममा परेको छ । सो ठाउँमा बसोबास गर्दै आएका ब्यक्तिहरुको घर समेत जोखिममा परेको छ । 
    दलित विद्यार्थीलाई उच्च शिक्षाहासिल गर्न सजिलो होस् भनि निर्माण गरिएको दलित छात्रावासमा १२ वटा कोठा रहेको छ । राज्यमन्त्री रजकले कटान नियन्त्रणका लागि तत्कालै पहल गर्ने स्थानीय दलित नेता किसुनदेव रामले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट