News Category 2082/12/06
दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित दुःख मोचन आश्रम परिसरमा नवनिर्मित मन्दिर भवनमा आगामी चैत्र १३ गते महाविर बजरंगवली हुनमानजीको दिब्य प्रतिमा स्थापना गरिने भएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका निवासी सेवानिवृत न्यायधिश एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर तथा उनका धर्मपत्नी संविधानसभा सदस्य रञ्जु ठाकुरको व्यक्तिगत लगानीमा भगवान हनुनमानको दिब्य प्रतिमा स्थापित गर्न लागिएको हो ।
डेढ फिट उचाई र १ फिट चौडाई भएको भगवान हनुमानको पत्थरको मुर्ती स्थापनाका अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी महोत्वसका रुपमा मनाउने तयारी भएको दुःख मोचन आश्रम समितिले जनाएको छ ।
मिहिर ठाकुरका वुआ दुःख मोचन र आमा प्रेमलताले ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि छोरा मिहिर र बुहारी रञ्जुको प्रयासमा सरकारबाट आवश्यक सहयोग जुटाई समाजिक क्षेत्रमा क्रियाशिल विदेह फाउण्डेशन नामक संस्था मार्फत सुविधा सम्पन्न बृद्धा आश्रम र मन्दिर भवन निर्माण गरिएको थियो ।
स्वः आमा बुआको स्मृतीमा गरिब असहाय तथा बेसहारा रहेका बृद्ध–बृद्धालाई सहारा दिने सोचका साथ बनाइएको आश्रममा मन्दिर भवन समेत निर्माण गरिएको थियो । सोही भवनमा रामनवमीका दिन भव्य धार्मिक आयोजना गरी काठमाडौंबाट ल्याइएको भगवान हुनमानको दिव्य प्रतिमा स्थापना गर्न लागिएको दाता परिवारका सदस्य मिहिर ठाकुरले जानकारी दिए ।
विश्व शन्ति, हिन्दुधर्मको संरक्षण, प्रचारप्रसार र मानव कल्याणको कामना समेतका साथ हुन लागेको धार्मिक समारोहमा नेपाल र मित्र राष्ट्र भारतका साधु सन्त र सनातन हिन्दु धर्मका अनुयायीहरुको उल्लेख्य सहभागिता रहने ठाकुरका धर्म पत्नी रञ्जुले सुनाईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ