News Category 2081/04/30
छिन्नमस्ता मन्दिर समिति विघटन
दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको संरक्षण सम्वद्र्धन समिति अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विघटन गरिएको छ ।
अर्को नयाँ विधान दर्ता भई कार्यान्वयन नहुन्जेलसम्मका लागि मन्दिरको दैनिक कार्य संचालन तथा पूजापाठ व्यवस्थापनका लागि गुठियार अविनाश कुमार प्याकुरेल, मन्दिरका पीठाधीश महाकान्त ठाकुर, मूलपूजारी भुवन ठाकुरसहित सम्पूर्ण पुजारीहरु मिलि गर्ने निर्णय समेत गरिएको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा परिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, वडा नं. ३ का अध्यक्ष बिजयकुमार यादव, गाउँपालिकाका सल्लाहकार तेजनारायण यादव, पीठाधीश ठाकुर, समितिका सचिव वावुनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।
यसअघि साउन २४ गते मन्दिरका पिठाधीश महाकान्त ठाकुर तथा मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर समितीको नियमित कामकाजमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो गरेका थिए ।
विज्ञप्तिमा केही ब्यक्तिहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको जनाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ