News Category 2082/12/02
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु. आ.ब. २०८२÷८३ को फागुन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
प्रहरी उपरीक्षक गौतम कुमार केसीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा उनले कार्य सम्पादन मुल्याँकनको आधारमा मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय सप्तरी पहिलो भएको बताए । माघ महिनाको मुल्यांकनमा प्रदेशको ८ वटै जिल्लामा सप्तरी पहिलो र ७७ वटै जिल्लामा ५औं स्थान प्राप्त गरेको उनले जानकारी समेत दिए ।
जिल्ला प्रहरीको टोल फ्री नम्बर र १०० नम्बरमा फोन कम आउने गरेको र प्रहरीका उच्च अधिकारीको नम्बरमा बढी फोन आउने गरेको बताउदै उनले आम नागरिकलाई टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न समेत आग्रह गरे ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रगति विवरणमा फागुन महिनामा विभिन्न अपराधका ६८, जघन्य तथा गम्भिर अपराधका ७, फैसला कार्यान्वयनको क्रममा ३४ जनालाई पक्राउ गरिएको, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक तर्फको उजुरी संख्या ५०, हराएका २० जना मध्ये ७ जनालाई फेला परेको, ठाढो उजुरी २०९ वटा आएको मध्ये १८८ फछ्योट भएको, लागुऔषध तर्फ गाँजा ६१ किलो ७७ ग्राम र ब्राउन सुगर ४६० मिलिग्राम नियन्त्रणमा लिएको उल्लेख छ ।
यस्तै अनुचित लेनदेनमा ४१ लाख ४० हजार रुपैयाँ र ५ कठ्ठा ४ धुर जग्गा र १८ लाखको तमसुस समेत फिर्ता गराएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । उनले राजस्व चुहाबट तथा भन्सार छली नियन्त्रण तर्फ ६ लाख ४८ हजार एकसय ५० रुपैयाँ बराबरको मालसमान बरामद गरि भन्सार बुझाइएको बताए ।
आगलागी र जनावरको आक्रमणबाट ८८ लाख ८१ हजारको क्षति भएको प्रहरी उपरीक्षक केसीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा सप्तरी प्रहरीले ७०२ जना लाभान्वित हुने गरि विभिन्न सचेतनामुलक कार्यक्रम समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ