News Category 2082/12/01
अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
यात्रु बोक्ने अटो रिक्सामा गाँजा तस्करी गर्दै गरेको अवस्थामा सप्तरी प्रहरीले एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अटोबाट एक क्विन्टल ११ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार शनिबार राति ८ बजेतिर तिरहुत गाउँपालिका वडा नं. २ बडहारामा कञ्चनपुरबाट डिमन तर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रिक्सालाई चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको हो ।
तीन वटा सेतो रङ्गको बोरामा राखिएको उक्त गाँजाको तौल गर्दा एक क्विन्टल ११ किलो ८ सय ग्राम भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उक्त लागुऔषध गाँजा ओसारपसार कार्यमा संलग्न अटो चालक कञ्चनरुप नगरपालिका वडा नम्बर ७ सितापुर टोल बस्ने ४२ बर्षीय जामुन महतो तथा सोही वडा निवासी २८ बर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबैजनालाई आइतबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट बाट सात दिनको म्याद थपी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ