News Category 2071/10/23
हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ः परिवारजन
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
राजविराज नगरपालिका १० निवासी अम्बिका देवी यादवको हत्यारालाई प्रहरीले पक्राउ नगरेको परिवारजनले आरोप लगाएका छन ।
मृतक महिलाका श्रीमान कुशेश्वर यादव, मृतका भाई रायपुर ६ निवासी धनराज यादव, बिषहरिया निवासी मृतकका मामा अनिल कुमार यादवले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन ।
गत पुस ३ गते अम्बिकालाई उनका आप्mनै छिमेकीहरु सत्य नारायण यादव, उनका श्रीमति सोहागी देवी यादव, छोरी ललिता यादव, भतिजा दिलिप कुमार यादव र धिरेन्द्र कुमार यादव मिलेर घरायसी विवादका कारण कुटपिट गरी हत्या गरेको आरोप पीडितका परिवारजनले लगाएका छन ।
आयोजित पत्रकार सम्मेलनमा पीडितका परिवारजनले घटना भएको डेढ महिना बितिसक्दा पनि स्थानीय प्रहरीले दोषीहरुमध्ये सत्य नारायण यादवलाई मात्र पक्राउ गरेको जानकारी दिँदै अन्य आरोपितहरु अझै खुल्लेआम घुमफिर गर्दै आएपनि प्रहरीले उनीहरुलाई हालसम्म पक्राउ गर्न नसकेको आरोप लगाएका छन ।
घरायसी विवादका कारण अम्विकालाई कुटपिट गरी हत्या गरेको तथा हत्या पछि हत्याराहरु अझै बाहिर खुल्लेआम घुमफिर गर्दै आएपनि प्रहरीले हत्यारालाई पक्राउ गर्नुको सट्टा संरक्षण दिदै आएको पीडितका श्रीमान् कुशेश्वर यादवले आरोप लगाउनुभयो ।
मृतकका श्रीमान कुशेश्वरलाई सत्य नारायण यादवका छोरा गजेन्द्र यादव, बिशो यादव र रबि यादव सहितले मुद्दा फिर्ता लिन दबाब दिदै अपहरण गर्ने धम्कि समेत दिदै आएको आरोप लगाएका छन् ।
यसैबिच सोहि पत्रकार सम्मेलनमा नेपाल महिला संघकी जिल्ला अध्यक्ष गिता यादवले विगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा विभिन्न बहानामा महिला हत्याको घटनामा बृद्धि भएको बताउँदै उहाँले अम्बिका हत्या काण्डको बास्तविता छानबिन गरी दोषाीमाथि हदैसम्मको कानुनी कार्बाही हुनुपर्ने माँग गर्नुभएको छ ।
अध्यक्ष यादवले उक्त घटनाको बास्तविकता अबिलम्ब छानबिन नभए तथा दोषीमाथि कार्बाही नभए सडक आन्दोलनमा उत्रने चेताबनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ