News Category 2071/10/23
हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ः परिवारजन
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
राजविराज नगरपालिका १० निवासी अम्बिका देवी यादवको हत्यारालाई प्रहरीले पक्राउ नगरेको परिवारजनले आरोप लगाएका छन ।
मृतक महिलाका श्रीमान कुशेश्वर यादव, मृतका भाई रायपुर ६ निवासी धनराज यादव, बिषहरिया निवासी मृतकका मामा अनिल कुमार यादवले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन ।
गत पुस ३ गते अम्बिकालाई उनका आप्mनै छिमेकीहरु सत्य नारायण यादव, उनका श्रीमति सोहागी देवी यादव, छोरी ललिता यादव, भतिजा दिलिप कुमार यादव र धिरेन्द्र कुमार यादव मिलेर घरायसी विवादका कारण कुटपिट गरी हत्या गरेको आरोप पीडितका परिवारजनले लगाएका छन ।
आयोजित पत्रकार सम्मेलनमा पीडितका परिवारजनले घटना भएको डेढ महिना बितिसक्दा पनि स्थानीय प्रहरीले दोषीहरुमध्ये सत्य नारायण यादवलाई मात्र पक्राउ गरेको जानकारी दिँदै अन्य आरोपितहरु अझै खुल्लेआम घुमफिर गर्दै आएपनि प्रहरीले उनीहरुलाई हालसम्म पक्राउ गर्न नसकेको आरोप लगाएका छन ।
घरायसी विवादका कारण अम्विकालाई कुटपिट गरी हत्या गरेको तथा हत्या पछि हत्याराहरु अझै बाहिर खुल्लेआम घुमफिर गर्दै आएपनि प्रहरीले हत्यारालाई पक्राउ गर्नुको सट्टा संरक्षण दिदै आएको पीडितका श्रीमान् कुशेश्वर यादवले आरोप लगाउनुभयो ।
मृतकका श्रीमान कुशेश्वरलाई सत्य नारायण यादवका छोरा गजेन्द्र यादव, बिशो यादव र रबि यादव सहितले मुद्दा फिर्ता लिन दबाब दिदै अपहरण गर्ने धम्कि समेत दिदै आएको आरोप लगाएका छन् ।
यसैबिच सोहि पत्रकार सम्मेलनमा नेपाल महिला संघकी जिल्ला अध्यक्ष गिता यादवले विगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा विभिन्न बहानामा महिला हत्याको घटनामा बृद्धि भएको बताउँदै उहाँले अम्बिका हत्या काण्डको बास्तविता छानबिन गरी दोषाीमाथि हदैसम्मको कानुनी कार्बाही हुनुपर्ने माँग गर्नुभएको छ ।
अध्यक्ष यादवले उक्त घटनाको बास्तविकता अबिलम्ब छानबिन नभए तथा दोषीमाथि कार्बाही नभए सडक आन्दोलनमा उत्रने चेताबनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ