News Category 2081/06/23
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्ने बताएका छन् ।
बुधबार सप्तरीको तिरहुत गाउँपालिकामा समाजसेवी प्रकाश मेहताद्वारा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री साहले जातपात भन्दा पनि विकास गर्न सक्ने उम्मेदवारलाई चुनावमा जिताई आफ्नो क्षेत्रको विकास गर्न अवसर दिनुपर्ने उल्लेख गरे ।
“आफू कुनै एक पार्टीको भोटले जितेको मात्र नभई विभिन्न राजनीतिक दल समर्थक मतदाता समेतले दिएको मतबाट नै प्रतिनिधिसभामा पुगेको हुँ ।” उनले भने ।
सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री साहले सबैको साथबाट नै आफू चुनाव जितेको दाबीका साथ सबैको भलाई हुने दृष्टिकोणबाट आफूले शासक नभई सेवकको रुपमा काम गरिरहेको र भावी दिनमा पनि सेवककै रुपमा यस क्षेत्रको जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका आयोजक प्रकाश मेहताको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जसपा नेता एवं संचारकर्मी भोला पासवान, महिला नेतृ अनुराधा साह, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरी, सरस्वती जनता माध्यमिकका प्रधानाध्यापक रामलखन मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती कुमारी मण्डल, तिरहुत गाउँपालिकाका पूर्वउपाध्यक्ष तिर्थमाया खंङ्ग, शिक्षक बिनोद यादव, रामकुमार यादव लगायतले पनि शुभकामना दिएका थिए ।
कार्यक्रममा ५० जना जेष्ठ नागरिकलाई प्रमुख अतिथि मन्त्री साहले दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । यस्तै आयोजकले क्षेत्रको विकासमा योगदान गरेवापत मन्त्री साह तथा स्वास्थ्य क्षेत्रमा योगदान गरेवापत वरिष्ठ डा. पशुपति चौधरीलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ