News Category 2081/07/25
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
                
            
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
    विगत पाँच महिनादेखी तलब भत्ता नपाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका शिक्षक, शिक्षिका र कर्मचारीले आइतबार पालिका कार्यालयमा तालाबन्दी गरेका छन । 
    शिक्षक तथा कर्मचारीद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवको अगुवाइमा सो तालाबन्दी गरिएको हो । आन्दोलित शिक्षक र कर्मचारीले नगरपालिकाको मुल गेट मै तालाबन्दी गरेपछी नगरपालिकाको सम्पुर्ण सेवा ठप्प भएको हो । 
    दशै खर्चसहित विगत ५ महिनाको तलब नपाएको भन्दै शिक्षक र कर्मचारीले संघर्ष समिती नै गठन गरी गत कार्तिक ६ गतेदेखी पालिका कार्यालय अगाडी धर्ना दिदै आएका थिए । 
    तलबका लागी पटक पटक नगर प्रमुख विरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाइएकाले बाध्य भई तालाबन्दी गर्नु परेको आन्दोलन परिचालन समितीका संयोजक यादवले बताए । उनले माग पुरा नभए सम्म तालबन्दी जारी राख्ने र काममा नफर्कने अडान समेत राखेका छन । 
    शिक्षिका प्रियंका झाले चाडपर्वको वेला समेत तलब पाउन नसक्दा जीवनयापन धान्ने र दैनिकी काम गर्न समस्या भएको बताईन । पालिकाले परिषद् हुन नसकेको कारण देखाई गत साउनदेखी हाल सम्मको तलब उपलब्ध नगराएको उनको गुनासो छ । 
    शिक्षक तथा मानवश्रोत विकास केन्द्रले देशभरीका पालिकाकालाई पटक पटक निर्देशन तथा पत्राचार गरेर शिक्षकहरुलाई नियमितरुपमा तलब दिनु भने पनि यस पालिकामा कुनै वास्ता नगरिएको उनको कथन छ । 
    हनुमाननगर कंकालिनी नगरपालिका मातहतमा ३० वटा सामुदायिक विद्यालय छन । जसमा ७ हजार ८ सय ७३ बालबालिका अध्यनरत छन । शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछी उनीहरुको पठन पाठन  समेत ठप्प भएको छ । उक्त पालिकामा २ सय २५ शिक्षक र विभिन्न पदका ५ सय गरी ७ सय कर्मचारी छन । 
    नगर प्रमुख बिरेन्द्र माझीले केही विषयमा विवाद सृजना भई समय मै नगरसभा हुन नसकेकाले तलब खुवाउन समस्या भएको बताएका छन । उनले उक्त समस्या समाधानका लागी आफुले पहल गरिरहेको दाबी समेत गरे । 
    बाढी पीडितको रकम वितरण अनियमितता भएको भन्दै १५ दिन अघि स्थानीयले उक्त पालिकाको ५ वटा वडा कार्यालयमा गरेको तालाबन्दी जारी नै रहेका बेला पालिकामा समेत तालाबन्दी हुदा सेवाग्राही समेत समस्यामा परेका छन । 
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
 - 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
 - 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
 - 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
 - 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
 - 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
 - 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
 - 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
 - 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
 - 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
 
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
 - 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
 - 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
 - 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
 - 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ