News Category 2081/07/25
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
विगत पाँच महिनादेखी तलब भत्ता नपाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका शिक्षक, शिक्षिका र कर्मचारीले आइतबार पालिका कार्यालयमा तालाबन्दी गरेका छन ।
शिक्षक तथा कर्मचारीद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवको अगुवाइमा सो तालाबन्दी गरिएको हो । आन्दोलित शिक्षक र कर्मचारीले नगरपालिकाको मुल गेट मै तालाबन्दी गरेपछी नगरपालिकाको सम्पुर्ण सेवा ठप्प भएको हो ।
दशै खर्चसहित विगत ५ महिनाको तलब नपाएको भन्दै शिक्षक र कर्मचारीले संघर्ष समिती नै गठन गरी गत कार्तिक ६ गतेदेखी पालिका कार्यालय अगाडी धर्ना दिदै आएका थिए ।
तलबका लागी पटक पटक नगर प्रमुख विरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाइएकाले बाध्य भई तालाबन्दी गर्नु परेको आन्दोलन परिचालन समितीका संयोजक यादवले बताए । उनले माग पुरा नभए सम्म तालबन्दी जारी राख्ने र काममा नफर्कने अडान समेत राखेका छन ।
शिक्षिका प्रियंका झाले चाडपर्वको वेला समेत तलब पाउन नसक्दा जीवनयापन धान्ने र दैनिकी काम गर्न समस्या भएको बताईन । पालिकाले परिषद् हुन नसकेको कारण देखाई गत साउनदेखी हाल सम्मको तलब उपलब्ध नगराएको उनको गुनासो छ ।
शिक्षक तथा मानवश्रोत विकास केन्द्रले देशभरीका पालिकाकालाई पटक पटक निर्देशन तथा पत्राचार गरेर शिक्षकहरुलाई नियमितरुपमा तलब दिनु भने पनि यस पालिकामा कुनै वास्ता नगरिएको उनको कथन छ ।
हनुमाननगर कंकालिनी नगरपालिका मातहतमा ३० वटा सामुदायिक विद्यालय छन । जसमा ७ हजार ८ सय ७३ बालबालिका अध्यनरत छन । शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछी उनीहरुको पठन पाठन समेत ठप्प भएको छ । उक्त पालिकामा २ सय २५ शिक्षक र विभिन्न पदका ५ सय गरी ७ सय कर्मचारी छन ।
नगर प्रमुख बिरेन्द्र माझीले केही विषयमा विवाद सृजना भई समय मै नगरसभा हुन नसकेकाले तलब खुवाउन समस्या भएको बताएका छन । उनले उक्त समस्या समाधानका लागी आफुले पहल गरिरहेको दाबी समेत गरे ।
बाढी पीडितको रकम वितरण अनियमितता भएको भन्दै १५ दिन अघि स्थानीयले उक्त पालिकाको ५ वटा वडा कार्यालयमा गरेको तालाबन्दी जारी नै रहेका बेला पालिकामा समेत तालाबन्दी हुदा सेवाग्राही समेत समस्यामा परेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ