News Category 2081/07/27
विद्यापती स्मृती पर्वमा रक्तदान
                
            
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक । 
    मैथिली साहित्य परिषद सप्तरीले मैथिली भाषाका महाकवी विद्यापतीको स्मृति दिवसमा मंगलबार रक्तदान कार्यक्रम गरेको छ ।
    स्मृति दिवसको तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन रक्त संचार सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा परिषदका अध्यक्ष अवधेश झाका साथै पूर्व मन्त्रि उमेश प्रसाद यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, परिषदका सचिव इन्जिनीयर संंजिव नारायण यादव, कोषाध्यक्ष ललिता झा, मैथिल युवा परिषदका अध्यक्ष अखिलेश झा, पत्रकार जितेन्द्र झा लगायत २१ जनाले रक्तदान गरेका छन । 
    रगतको अभावले समस्या भईरहेका बेला परिषदले गरेको रक्तदान कार्यक्रमले मद्दत पु¥याउने रक्त संचार सेवा केन्द्रका इन्र्चाज नवीन झाले बताए । 
    रक्तदान कार्यक्रम सके लगतै परिषदले स्थानीय मैथिली भवनमा कवि गोष्ठिको आयोजना समेत गरि स्मृति दिवसको पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको मैथिली साहित्य परिषदका अध्यक्ष झाले जानकारी दिए । 
    विद्यापती स्मृति दिवसको दोश्रो दिन बुधवार मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने आवश्यक्ता विषयक विचार गोष्ठि तथा तेश्रो दिन विहीवार मिथिला संस्कृति झल्काउने झाँकी, श्रद्धान्जली सभा, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने तय भएको अध्यक्ष झाले जानकारी दिए । 
    मिथिला र मैथिलीको प्रतिक महाकविद्यापतीको स्मृति एवं सम्मानमा आयोजना भईरहेको तीन दिवसीय पर्व समाहरोलाइ भब्य र सभ्यरुपमा सम्पन्न गर्न भगिनी संस्था मैथिलि युवा परिषद, मैथिली विद्यार्थी परिषद, मैथिली महिला परिषद र मैथिलि पत्रकार समेतको सहयोग र सहभागिता रहेको मुल आयोजक मैथिली साहित्य परिषद सप्तरीले जनाएको छ ।  
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
 - 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
 - 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
 - 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
 - 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
 - 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
 - 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
 - 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
 - 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
 - 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
 
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
 - 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
 - 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
 - 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
 - 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ