News Category 2071/11/04
३० दलिय मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ र धर्ना
दैनिक संवाददाता
राजबिराज, ३ फागुन ।
पहिचानसहितको संघियता र संघियतासहितको सहमतिय संविधान जारि गर्नु पर्ने माग गर्दै एमाओावदी, मधेशवादीसहितका ३० दलिय गठबन्धनले आईतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना तथा घेराउ गरेको छ ।
गठबन्धनसँग आवद्ध ३० राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आईतबार बिहान १० बजेदेखि १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी कामकाज ठप्प पारी धर्नामा बसेको थियो ।
जिल्ला प्रशासन कार्यालय अगाडी एमाओवादी क्षेत्र न. १ का सभासद मानपुर चौधरी, २ का अशोक मण्डल अमर, ३ का उमेश कुमार यादव, फोरम लोकतान्त्रिकका सभासदद्वय जितेन्द्र नारायण देव, रमणी राम, एमाओवादीका केन्द्रिय सदस्य रामरिझन यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य चित नारायण यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य भागवत मण्डल, फोरम नेपालकी केन्द्रिय कोषाध्यक्ष रेणु कुमारी यादव, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तमलोपाका अध्यक्ष रामप्रित यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष सत्यनारायण यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह लगायतकाहरुको उपस्थिति रहेको थियो ।
यसअघि ३० दलिय मोर्चाले सप्तरी क्षेत्र नं. १ को कंचनरुप नगरपालिकामा, २ को भारदहमा, ३ को राजविराजमा, ४ को पत्थरगाढा, ५ को शमभुनाथ नगरपालिकाको कठौना बजारमा र ६ को बोदेबर्साइनमा अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको थियो ।
धर्ना तथा घेराउका कारण जिल्लाका विभिन्न ग्रामिण भेगबाट आएका सयौ सेवाग्राहीहरुको काम प्रभावित भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ