News Category 2081/08/17
डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदरद्वय धिरेन्द्रकुमार साह र देवेन्द्रप्रसाद यादव विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा वडा नं १ को अध्यक्षमा धिरेन्द्रकुमार साहले ६ सय ५२ मत प्राप्त गरि बिजयी भएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले २ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले १ सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले २ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै वडा नं. ४ को अध्यक्षमा देवेन्द्रप्रसाद यादवले ३ सय ७२ मत प्राप्त गरि बिजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरेका छन् । यस्ते जनमत पार्टीका उदय नारायण पण्डितले २ सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भागवत रामले ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले ६ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले ३ र जनता समाजवादी पार्टीका रविन्द्र रायले ३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ