News Category 2081/08/30
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
सप्तरीका एकै परिवारका चार जना सवार स्कुटर ट्याक्टरमा ठोक्किदा बाबुछोरीको मृत्यु भएको छ । सो दुर्घटनामा आमाछोरा घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार मृत्यु हुने सप्तरीको रुपनी गाउँपालिका १ का ३२ वर्षीय रामकुमार साह र उनकी छोरी ६ वर्षीया विद्या छन् । रामकुमारकी श्रीमती रुबी साह र छोरा प्रिन्स साह घाईते छन् । मृतक रामकुमार बर्दियास्थित एक गैरसरकारी संस्थामा कार्यरत रहेको सो गाउँपालिकाका स्थानीयले जानकारी दिएका छन् ।
हुलाकी सडक अन्तरगत बर्दियामा आईतबार रोकेर राखेको भे.१त. ९०६२ नम्बरको ट्याक्टरमा बा.६८प.७०३६ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका चारै जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामकुमार र विद्याको मृत्यु मृत्यु भएको तथा पत्नी र छोरा घाइते भएको एसपी खनालले वताए । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ