News Category 2071/11/06
मुलुकभरी शिवरात्री पर्व मनाइयो
दैनिक संवाददाता
राजविराज, ५ फागुन ।
हिन्दूहरुको महान पर्व शिवरात्री भव्यतापूर्वक मनाइएको छ । सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेवसहित शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेवको मन्दिर, घोघनपुर, महदेवा, लालापट्टी स्थित हरिनन्दन महादेब मन्दिर, कंचनपुर लगायत बिभिन्न ठाउँमा रहेको शिवालयहरुमा पूजापाठ गरिएको छ ।
यता राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा सप्तकोशी व्यारेजको पवित्र जल काँवरमा ल्याई रिसाल गरिएको काँवरिया अध्यक्ष रामप्रित मण्डलले जानकारी दिनुभयो ।
सो अवसरमा मन्दिर प्राङ्गनमा नेपाल सहकारी संस्था राजविराजको सहयोगमा काँवारियाहरुलाई चिसो पेय पदार्थ, पानी, सर्वत, फलफुल लगायत प्रदान गरेको संस्थाका व्यवस्थापक शंकर प्रसाद साहले जानकारी दिनुभयो । त्यस्तै शिवरात्रीको अवसरमा विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई फुल, बेलपत्र जल प्रदान गरेका थिए ।
शिबरात्रीकै अवसरमा राजविराजस्थित ब्रह्रमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले २१ फिटको शिवलिङ्ग स्थापना गरेको छ भने शिवशक्ति अनुभुति शान्ति यात्रा समेत निकालिएको थियो ।
यसैगरि धर्मपुर ८ स्थित भीरमा रहेको उक्त मन्दिरमा हरेक वर्ष हजारौं श्रद्घालु भक्तजनहरुले पूजापाठ गरेका थिए । महाशिवरात्रीको अवसरमा यहाँ भव्य मेला समेत लागेको छ । धर्मपुरसहित जिल्लाको रुपनगर, कञ्चनपुर, बदगामा, बरमझिया, ठेलिया, घोघनपुर, जगतपुर र बकधुवा सहितका बासिन्दाहरु आउने गर्दछन ।
यसैगरी रुपनगर ३ स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर घोघनपुर बलुवा रहेको भजनेश्वर महादेव र कञ्चनपुर ६ स्थित रहेको शिवालय मन्दिरमा पनि पुजापाठ गर्न भक्तजनहरुको धुँईचो लागेको थियो ।
भगवान शंकर र पार्वतीको विवाह भएको स्मरणमा यो पर्व मनाइने धार्मिक प्रचलन रहेको छ ।
यसैगरि महाशिवरात्रिकै अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो । बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि ३ बजे मात्र पशुपतिका चार ढोका खोलिएको थियो । पशुपतिको मूल मन्दिरमा चार ठाउँबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले जानकारी दिनुभयो ।
यस वर्षको शिवरात्रिमा १० लाख भक्तजनले पशुपतिको दर्शन गरेको नेपाल भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताउनुभयो ।
पशुपति क्षेत्रमा विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ