News Category 2071/11/07
शान्ति समितिमा विवाद, सात दलले आन्दोलन गर्ने १२ दललाई समावेश गर्ने ः प्रजिअ
दैनिक संवाददाता
राजविराज, ६ फागुन ।
स्थानीय शान्ति समिति सप्तरीका संयोजक दिगम्बर यादवको अध्यक्षतामा बुधबार समितिलाई पुर्नगठन गर्न बसेको बैठकमा केही राजनीतिक दलहरुले निर्णय पुस्तिका जबरजस्ती खोसेर गएको प्रति सात राजनीतिक दलले आपत्ति जनाएका छन ।
स्थानीय शान्ति समितिका संयोजक दिगम्बर यादव, संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष महेन्द्र नारायण यादव, समाजवादी जनता पार्टीका जिल्ला अध्यक्ष कमानन्द माझी, नेकपा मालेका उमेश प्रसाद खड्गा, नेपाल परिवार दलका गणु प्रसाद दास, नेपाली जनता दलका अध्यक्ष गुलाब यादव, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटका विजय कुमार चौधरीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा उक्त कार्यको भत्सर्ना गरिएको छ ।
विज्ञप्तीमा स्थानीय शान्ति समिति निर्देशिका २०६६ को टिओआर र नियम प्रक्रियालाई मिच्दै निरंकुश हिसाबले निर्णय गर्न खोज्दा ती सात पार्टीहरुले प्रतिवाद गरेको जनाएको छ ।
स्थानीय शान्ति समितिको पुर्नगठन गर्न खोज्दा बैठकमा निर्णय पुस्तिकासँग सँगै सचिव केशला गौतमलाई समेत लिएर जिल्ला प्रशासन कार्यालय सप्तरी लगिएको प्रति गम्भिर आपत्ति जनाइएको छ ।
यसैगरी विज्ञप्तीमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले शान्ति समितिका संयोजक दिगम्बर यादवलाई केही नसोधि एकलौटि निर्णय गरेको प्रति सात राजनीतिक दलले सो कार्यको भत्सर्ना गरेको छ । साथै शान्ति समितिको टिओआरलाई नियमपूर्वक माँग गर्दै २४ घण्टाभित्र निर्णय नसच्याए जिल्ला प्रशासन कार्यालय विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
यसैबिच सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले मन्त्रालयको निर्देशिका अनुसार बुधबार १२ वटा दलहरुलाई समावेश गर्नका लागि छलफलको आयोजना गरेको तथा सो छलफलबाट १२ वटा राजनीतिक दलहरुलाई समावेश गर्ने निर्णय मात्र भएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ