News Category 2071/11/07
साझा प्रकाशनमा पुस्तक प्रदर्शनी शुरु
दैनिक संवाददाता
राजविराज, ६ फागुन ।
६५ औं प्रजातन्त्र दिवसको अवसरमा साझा प्रकाशनले बुधबारदेखि सप्तरीको राजविराजमा बृहत पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।
राजविराजस्थित प्रकाशनको कार्यालयमा एक समारोहबिच प्रेस काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मुरली प्रसाद यादवले सो पुस्तक प्रर्दशनीको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्नुहुँदै यादवले पुस्तक प्रदर्शनीले स्वच्छ शैक्षिक समाजको निर्माणमा ठुलो सहयोग पुग्ने बताउँनुभयो ।
साझा प्रकाशन मुख्य शाखा कार्यालय राजविराजका प्रमुख मनोज कुमार माझीले स्वदेशी लेखक तथा विद्धानहरुद्वारा लिखित पुस्तकहरु खरिद गरी उहाँहरुको उत्साह बढाउँनुका साथै राष्ट्रको शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउदै आएको साझा प्रकाशनको संरक्षण र सम्वद्र्धनका लागि सबै सरोकारबालाहरुसँग सहयोगको अपेक्षा गर्नुभयो ।
फागुन ३० गतेसम्म संचालन हुने सो पुस्तक प्रदर्शनीमा नेपाली, मैथिली, भोजपुरी, हिन्दी लगायतका विभिन्न भाषा, साहित्य, कला, ज्ञानविज्ञान र संस्कृति सम्बन्धि पुस्तहरु राखिएको प्रमुख माझीले जानकारी दिनुभयो ।
सो पुस्तक प्रदर्शनीको अवसरमा प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, बरिष्ठ पत्रकार शिबहरी प्रसाद भटराई, पत्रकारहरु देबराम प्रसाद यादव, राम नारायण विश्वास, श्याम सन्दर यादव, शुभ नारायण यादव, बिन्दु कुमार यादव, माला कर्ण, दिनेश शर्मा लगायतकाहरुको उपस्थिति रहेको थियो ।
उक्त पुस्तक प्रदर्शनीमा विभिन्न विद्याका २ हजार ७ सय पुस्तकहरु राखिएको तथा ९ देखि ८० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको मुख्य शाखा प्रमुख माझीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ