News Category 2071/11/08
शान्ति स्थापनाका लागि महायज्ञ हुदै प्रधानमन्त्री कोइरालकै सक्रियतामा संविधान बन्छ ः त्यागि महाराज
दैनिक संवाददाता
राजविराज, ७ फागुन ।
मुलुकमा शान्ति स्थापना गर्ने उद्देश्यले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा फागुन ११ गतेदेखी २० गतेसम्म विश्व कल्याणर्थ श्री सीताराम नामजप महायज्ञ सुरु हुँदैछ ।
विश्व कल्याणार्थ श्री सीताराम नामजप महायज्ञ शम्भुनाथ नगरपालिका कठौना बजारको आयोजनामा सुरु हुन लागेको हो । सो यज्ञको प्रधानमन्त्री शुसिल कोइरालाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको आयोजकका अध्यक्ष उम्देश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
यज्ञस्थलमै बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साहले सो जानकारी दिनुहुँदै फागुन १० गते स्थानिय देवधार नदीबाट कलशमा जल लिई यात्रा शुभारम्भ गरि यज्ञस्थल पुग्ने जनाइएको छ ।
महायज्ञ संचालनका लागि राधवेन्द्र दास त्यागि जी महाराज पनि सो स्थानमा रहनुभएको छ । पत्रकार सम्मेलनमा त्यागि महाराजले प्रधानमन्त्री शुसिल कोइरालासँग आफूहरु भेटघाट गरि उद्घाटन गर्नका लागि आमन्त्रित गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री कोइराला पनि एक त्यागि नेता भएकोले उहाँबाटै महायज्ञको उद्घाटन गराउन लागेको स्पष्ट पार्नुभयो । त्यागि महाराजले नेपालमा संविधान बन्छ र त्यो पनि प्रधानमन्त्री कोइरालाकै सक्रियतामा संविधान निर्माणपछि मुलुकमा शान्ति स्थापना हुने दाबी समेत गर्नुभयो ।
यस्तै सो यज्ञमा भारतको बृन्दावनस्थित सीताराम आश्रमबाट भजन किर्तन र यज्ञ गर्ने टोली समेत आउने जनाइएको छ भने सो यज्ञमा १ सय ८ किलोको एउटा लड्डु समेत चढाउने आयोजकले जानकारी दिएको छ । यसैगरि यज्ञ स्थलमा ५५ फिटको हनुमानको मूर्ति समेत बनाइएको छ ।
१० दिनसम्म संचालन हुने सो महायज्ञका लागि एक करोड भन्दा बढी रकम खर्च हुने आयोजकले जनाएको छ भने उक्त रकम स्थानीयहरुले प्रदान गरेको चन्दाबाट प्राप्त भएको अध्यक्ष साहले जानकारी दिनुभयो ।
महायज्ञ हुने समयअवधी भर रामलिला, रासलिला तथा भजन, किर्तन, धार्मिक प्रवचन लगायतका कार्यक्रम चलिरहने जनाइएको छ । सो यज्ञ स्थलमा १ सय ८ मरुवाको निर्माण गरिएको छ । जसमा भक्तजनहरु मरुवामा बसी यज्ञअवधी भर भजन किर्तन लगायतमा सहभागि हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ