News Category 2071/11/08
जिल्लाको विकासका लागि संघर्ष समिति गठन
दैनिक संवाददाता
राजविराज, ७ फागुन ।
सप्तरीको समग्र विकासका लागि संघर्षको कुनै विकल्प नरहेको भन्दै यहाँका सरोकारबालाहरु जिल्लाको विकासका लागि एक संघर्ष समिति गठन गरेको छ ।
सप्तरी उद्योग वाणिज्य संघका बिहिबार बसेको सरोकारबालाहरुको एक भेलाले सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको संयोजकत्वमा एक संघर्ष समिति गठन गरिएको हो ।
गठित संघर्ष समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अंसारी, निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष रामअशिष साह र ट्रक व्यवसायी संघका अध्यक्ष जगदिश आर्याल रहेको जनाएको छ ।
“सप्तरीबासी पछि नपरौं विकासका लागि संघर्ष गरौ” भन्ने नारालाई सफल पार्नका लागि सम्पन्न भेलाबाट सो संघर्ष समिति गठन गरिएको संयोजक अरुण प्रधानद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
सम्पन्न बैठकले विकासको दृष्टिकोणले अत्यन्त सम्भांवना बोकेको सप्तरीमा २०१६ सालदेखि संचालनमा आएको राजविराज बिमानस्थल अहिले गौचरणमा परिणत भएपनि त्यसतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान जान नसकेको जनाइएको छ ।
त्यस्तै मुलुककै उत्कृष्ट टाउन प्लानिङ्ग भएको राजविराज नगरपालिकाको सोही अनुरुप विकास हुन नसकेको जनाउँदै सप्तरी उर्वर भुमि भएर पनि सिंचाईको उचित व्यवस्थापन हुन नसक्दा यहाँका कृषकहरुले बर्षेनी खडेरीको मार खेप्नु पर्ने अवस्था रहेको छ ।
छिमेकी राष्ट्र भारत र पहाडी क्षेत्र जोडने सडक यातायात नहुदाँ सम्भावनाहरु फलिभुत हुन सकेका छैन भने अस्पतालहरुको अवस्था झनै नाजुक रहेकोप्रति गम्भिर ध्यानाकषर्ण भएको बैठकबाट निर्णय गरिएको छ ।
त्यसैगरी कोशी टप्पु क्षेत्र एवं पुर्वान्चलका प्रसिद्ध शक्तिपिठ रहेको आन्तरिक र बाह्य पर्यटकिय आकर्षण गर्ने प्रचुर सम्भावना रहेको तर यति हुदाँ हुदै पनि सप्तरी जिल्ला विकासमा केन्द्रिय शासनको भेदभावको सिकार बन्न पुगेकाले सप्तरीको समग्र विकासमा सम्भावनाहरुको बिषयमा बारम्बार कुरा उठ्ने र उठाउने गरिए पनि त्यसको थप प्रभावकारी सुनुवाई हुन नसकेकाले जिल्लाको समग्र विकासका लागि संघर्षमा जाने निर्णय गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ