News Category 2071/11/08
जिल्लाको विकासका लागि संघर्ष समिति गठन
दैनिक संवाददाता
राजविराज, ७ फागुन ।
सप्तरीको समग्र विकासका लागि संघर्षको कुनै विकल्प नरहेको भन्दै यहाँका सरोकारबालाहरु जिल्लाको विकासका लागि एक संघर्ष समिति गठन गरेको छ ।
सप्तरी उद्योग वाणिज्य संघका बिहिबार बसेको सरोकारबालाहरुको एक भेलाले सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको संयोजकत्वमा एक संघर्ष समिति गठन गरिएको हो ।
गठित संघर्ष समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अंसारी, निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष रामअशिष साह र ट्रक व्यवसायी संघका अध्यक्ष जगदिश आर्याल रहेको जनाएको छ ।
“सप्तरीबासी पछि नपरौं विकासका लागि संघर्ष गरौ” भन्ने नारालाई सफल पार्नका लागि सम्पन्न भेलाबाट सो संघर्ष समिति गठन गरिएको संयोजक अरुण प्रधानद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
सम्पन्न बैठकले विकासको दृष्टिकोणले अत्यन्त सम्भांवना बोकेको सप्तरीमा २०१६ सालदेखि संचालनमा आएको राजविराज बिमानस्थल अहिले गौचरणमा परिणत भएपनि त्यसतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान जान नसकेको जनाइएको छ ।
त्यस्तै मुलुककै उत्कृष्ट टाउन प्लानिङ्ग भएको राजविराज नगरपालिकाको सोही अनुरुप विकास हुन नसकेको जनाउँदै सप्तरी उर्वर भुमि भएर पनि सिंचाईको उचित व्यवस्थापन हुन नसक्दा यहाँका कृषकहरुले बर्षेनी खडेरीको मार खेप्नु पर्ने अवस्था रहेको छ ।
छिमेकी राष्ट्र भारत र पहाडी क्षेत्र जोडने सडक यातायात नहुदाँ सम्भावनाहरु फलिभुत हुन सकेका छैन भने अस्पतालहरुको अवस्था झनै नाजुक रहेकोप्रति गम्भिर ध्यानाकषर्ण भएको बैठकबाट निर्णय गरिएको छ ।
त्यसैगरी कोशी टप्पु क्षेत्र एवं पुर्वान्चलका प्रसिद्ध शक्तिपिठ रहेको आन्तरिक र बाह्य पर्यटकिय आकर्षण गर्ने प्रचुर सम्भावना रहेको तर यति हुदाँ हुदै पनि सप्तरी जिल्ला विकासमा केन्द्रिय शासनको भेदभावको सिकार बन्न पुगेकाले सप्तरीको समग्र विकासमा सम्भावनाहरुको बिषयमा बारम्बार कुरा उठ्ने र उठाउने गरिए पनि त्यसको थप प्रभावकारी सुनुवाई हुन नसकेकाले जिल्लाको समग्र विकासका लागि संघर्षमा जाने निर्णय गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ