News Category 2081/10/13
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
दैनिक समाचारदाता
जनकपुर, १३ माघ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय व्यवस्थापन समितिका कारण हुने गरेको राजनीतिले नै गर्दा शैक्षिक गुणस्तरीयता खस्केको आरोप लगाएका छन् ।
जनकपुरधाममा आइतबार प्रधानाध्यापक सङ्घ नेपालद्वारा आयोजित प्रधानाध्यापकसँग मुख्यमन्त्री संवाद शिक्षा सुधार र भविष्यको दृष्टिकोण कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो आरोप लगाउँदै प्रदेशको शिक्षाको स्तर निकै खस्केको चर्चा गरे ।
शिक्षक भर्नामा सुधार, शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउनुपर्ने र परम्परागतभन्दा आधुनिक प्राविधिक शिक्षामा जोड दिदै मुख्यमन्त्री सिंहले भने, “अनिमात्रै शिक्षामा सुधार आउनसक्छ, यसमा हामी सबैले बहस गर्न जरुरी छ ।”
अन्य राष्ट्रमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले नेपालमा शिक्षालाई बेवास्ता गर्दै आएका कारण पनि शैक्षिक अवस्था कमजोर रहेको बताए । शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको समेत आवश्यकता रहेको उनको भनाई थियो ।
उनले देशका सात वटा जिल्ला साक्षर हुन नसकेकामा दुखेसो गर्दै “अहिले विद्यालयमा परम्परागत आधारमा शिक्षा दिइँदै आएको छ, त्यसलाई आधुनिकताका आधारमा परिवर्तन गर्न जरुरी छ”, उनले भने । आधुनिक शिक्षा कसरी कार्यान्वयनमा ल्याउने र वर्तमान शिक्षा नीति तथा शैलीमा कसरी परिवर्तन ल्याएर प्रदेशलाई साक्षर बनाउनेमा बहस गर्न जरुरी रहेकामा मुख्यमन्त्री सिंहले जोड दिए ।
उनले भने, “प्रदेशलाई उच्च शिक्षाको अधिकार दिइएको छ, तर यहाँ स्थानीय तहमार्फत रहेका शिशुदेखि कक्षा १२ सम्मकै अवस्था कमजोर छ, जबसम्म ती कक्षाको शैक्षिक अवस्थामा सुधार आएन भने उच्च शिक्षाको कुनै अर्थ रहँदैन, त्यसका लागि हामीले सङ्घ सरकारसँग पटकपटक स्थानीय तह मातहत रहेका कक्षा १२ सम्मको शैक्षिक अधिकार दिन माग गर्दै आएका छौँ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ