News Category 2081/10/20
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी

दैनिक समाचारदाता
राजविराज, २० माघ ।
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुखको कार्यकक्षमा आवेदकहरुले तालाबन्दी गरेका छन् ।
विभिन्न पदका लागी करार सेवामा काम गर्न खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गर्न अस्पतालद्वारा गरिएको दरखास्त आह्वानका आवेदकहरुले अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको कार्यकक्षमा आईतवार तालाबन्दी गरेका हुन ।
अस्पताल प्रशासनले २०८१ असार १६ गते प्रथम पटक करार सेवाका लागी भन्दै मेडिकल अधिकृत आठौं तहका लागी ५, अहेव चौथो तहका लागी ८, मेडिकल ल्याब टेक्नोलोजिस्ट सातौ तहका लागी २ र सहायक कम्प्युटर अपरेटर चौथो तहका लागी ३ जनाको पदपुर्तीका लागी सूचना जारि गरेको थियो । यस्तै अस्पताल प्रशासनले पुनः दोश्रो पटक सोही व्यहोराको सूचना २०८१ भदौ २४ गते प्रकाशित गरेको थियो ।
तर, २०८१ माघ १८ गते उक्त सुचनाहरु संसोधन गर्दै तेश्रो पटक अस्पताल प्रशासनले जारी गरेको सूचनामा करार सेवाबाट पदपुर्ती गरिने पदहरुमा मेडिकल अधिकृत र स्टाफ नर्सका केही पदका लागी २०८१ माघ २१ गते लिखित परिक्षा हुने जानकारी गराएपछी आक्रोसित भएका आवेदकहरुले तालबन्दी गरेको जनाएका छन ।
“आवेदकलाई अलमलमा पार्न तेश्रो पटक मेडिकल अधिकृत र स्टाफ नर्स पदका लागी लिखित परिक्षा लिइने अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ, उनले भने–त्यसमा पनि पद संख्या नतोकि “केही” शब्दको प्रयोगले विभिन्न खाले शंका उब्जाएको छ ।
तेश्रो सूचनामा प्रकाशित मिति समेत नभएको उनले सुनाए । अर्का आवेदक राजु बाबु झाले तेश्रो पटक गरिएको सूचनामा आवेदन भर्न ५ दिनको मात्र म्याद दिइएको र त्यसमा पनि माघ १६, १७ र १९ गते लगातार तीन दिन सार्वजनिक विदा नै परेकाले अस्पताल प्रशासनले गडवडी गर्ने नियतले यस्तो सूचना निकालेको आरोप लगाए ।
आवेदकहरुले पटक–पटक सूचनाको व्यहोरा परिवर्तन गरी अस्पताल प्रशासनले आवेदकलाई अलमलमा राख्ने र आफन्तलाई भर्ना गर्न खोजेको आरोप समेत लगाएका छन । उनीहरुले अस्पताल प्रशासनले प्रथम र दोश्रो पटक गरेको सूचना अनुसार नै सबै पदका लागी परिक्षा लिने सुनिश्चितता नगरे सम्म ताला नखोल्ने अडान लिएका छन ।
यसबारे मेसु तिवारीसँग सम्पर्कको प्रयास गर्दा उनी काम विशेषले जिल्ला बाहिर गएकाले सम्पर्क हुन सकेन । अस्पताल प्रशासनले छलफलबाट उक्त समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ