News Category 2081/10/20
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुखको कार्यकक्षमा आवेदकहरुले तालाबन्दी गरेका छन् ।
विभिन्न पदका लागी करार सेवामा काम गर्न खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गर्न अस्पतालद्वारा गरिएको दरखास्त आह्वानका आवेदकहरुले अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको कार्यकक्षमा आईतवार तालाबन्दी गरेका हुन ।
अस्पताल प्रशासनले २०८१ असार १६ गते प्रथम पटक करार सेवाका लागी भन्दै मेडिकल अधिकृत आठौं तहका लागी ५, अहेव चौथो तहका लागी ८, मेडिकल ल्याब टेक्नोलोजिस्ट सातौ तहका लागी २ र सहायक कम्प्युटर अपरेटर चौथो तहका लागी ३ जनाको पदपुर्तीका लागी सूचना जारि गरेको थियो । यस्तै अस्पताल प्रशासनले पुनः दोश्रो पटक सोही व्यहोराको सूचना २०८१ भदौ २४ गते प्रकाशित गरेको थियो ।
तर, २०८१ माघ १८ गते उक्त सुचनाहरु संसोधन गर्दै तेश्रो पटक अस्पताल प्रशासनले जारी गरेको सूचनामा करार सेवाबाट पदपुर्ती गरिने पदहरुमा मेडिकल अधिकृत र स्टाफ नर्सका केही पदका लागी २०८१ माघ २१ गते लिखित परिक्षा हुने जानकारी गराएपछी आक्रोसित भएका आवेदकहरुले तालबन्दी गरेको जनाएका छन ।
“आवेदकलाई अलमलमा पार्न तेश्रो पटक मेडिकल अधिकृत र स्टाफ नर्स पदका लागी लिखित परिक्षा लिइने अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ, उनले भने–त्यसमा पनि पद संख्या नतोकि “केही” शब्दको प्रयोगले विभिन्न खाले शंका उब्जाएको छ ।
तेश्रो सूचनामा प्रकाशित मिति समेत नभएको उनले सुनाए । अर्का आवेदक राजु बाबु झाले तेश्रो पटक गरिएको सूचनामा आवेदन भर्न ५ दिनको मात्र म्याद दिइएको र त्यसमा पनि माघ १६, १७ र १९ गते लगातार तीन दिन सार्वजनिक विदा नै परेकाले अस्पताल प्रशासनले गडवडी गर्ने नियतले यस्तो सूचना निकालेको आरोप लगाए ।
आवेदकहरुले पटक–पटक सूचनाको व्यहोरा परिवर्तन गरी अस्पताल प्रशासनले आवेदकलाई अलमलमा राख्ने र आफन्तलाई भर्ना गर्न खोजेको आरोप समेत लगाएका छन । उनीहरुले अस्पताल प्रशासनले प्रथम र दोश्रो पटक गरेको सूचना अनुसार नै सबै पदका लागी परिक्षा लिने सुनिश्चितता नगरे सम्म ताला नखोल्ने अडान लिएका छन ।
यसबारे मेसु तिवारीसँग सम्पर्कको प्रयास गर्दा उनी काम विशेषले जिल्ला बाहिर गएकाले सम्पर्क हुन सकेन । अस्पताल प्रशासनले छलफलबाट उक्त समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ