News Category 2081/10/28
तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
सप्तरीको तिरहुत गाउँपालिमा संचालित तीन दिवसीय कुस्ती प्रतियोगिता सोमबारसोमबार सम्पन्न भएको छ ।
गाउँपालिकास्थित बाबा बनसखण्डी प्राङ्गण स्थित मैदानमा आयोजना गरिएको अन्तिम दिनको खेलमा पुरुषतर्फ चार र महिलातर्फ दुई वटा गरि ६ वटा प्रतिस्पर्धा सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली पहलमानले ३ र महिलातर्फ एकमा जित निकाल्न सफल भए भने भारतीय पहलमानले पुरुष र महिला दुबै प्रतिस्पर्धामा एक–एक जित निकाल्न सफल रहे ।
पुरुषतर्फ भएको कुस्तीमा नेपाली पहलमान बसन्त थापा, पारस थापा र राहुल थापाले क्रमशः भारतका मन्जित पहलमान, शैतान सिंह र नकाबपोश पहलमानलाई पराजित गरे भने भारतका गब्बर सिंहले नेपालका अशोक यादवलाई पराजित गरे ।
यस्तै महिलातर्फ भएको दुई प्रतिस्पर्धामा नेपालकी ज्योती साहले भारतकी सोनाक्षीलाई हराएकी थिईन् भने अर्को प्रतिस्पर्धामा भारतकी नम्रताले नेपालकी पुनिता यादवलाई पराजित गरिन् ।
तीन दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दुई र पुरुषतर्फ ११ प्रतिस्पर्धा भएकोमा पुरुषतर्फ भारतले सात र नेपालले चार पदक ल्याउन सफल भयो भने महिलातर्फ दुबै देशले एक–एक पदक बाँडेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा समारोहमा प्रमख अतिथि गाउँपालिका अध्यक्ष बिजय यादव, प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादव, प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ