News Category 2081/11/26
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका पाँच वृद्धद्वारा आमरण अनसन सुरु

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
विभिन्न २० बुदे माग राखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी बाँधमा विगत एक महिनादेखि मलाह समुदायले थालेको रिले अनसन सोमबारदेखि आमरण अनसनमा परिणत भएको छ ।
गत माघ २६ देखि कोशी बाँधमा थालिएको रिले अनसनको एक महिना पुरा भईसक्दा पनि सरकारले माग सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै सोमबारदेखि आमरण अनसन थालिएको मलाह जातिको जातिय संगठन नेपाल मलाह कल्याण संघले जनाएको छ । अनसनमा बसेका पाँचै जना ६० वर्ष माथी उमेरका छन् ।
संघका केन्द्रिय अध्यक्ष नारायण मुखियाका अनुसार संघका केन्द्रिय सदस्य ६५ बर्षीय बेचन मुखियाको नेतृत्वमा ७५ बर्षीय बिलेक्षण मुखिया, ७० बर्षीय रशीलाल मुखिया, ६४ बर्षीय पञ्चलाल मुखिया र ६१ बर्षीय सदमलाल मुखिया आमरण अनसनमा बसेका छन् ।
संघले सप्तरी–सुनसरीको बीच सिमामा पर्ने कोशी ब्यारेज सडक खण्डमा चैत्र २७ गते आधि घण्टा तथा बैशाख ५ गते देखि अनिश्चितकालिन चक्काजाम लगायतका आन्दोलनका थप कार्यक्रम समेत घोषणा गरेको छ ।
सरकारी स्वामित्वमा रहेका मत्स्य फार्महरु, सिमसार र रिज्भ्र्यार आदीमा मलाहा जातीलाई ५० प्रतिशत आरक्षण, संघिय र सात वटै प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना गरी आवश्यक कर्मचारी भर्नामा मलाह जातीलाई प्राथमिक्ता, सरकारले ठेक्का लगाउँदै आएको सार्वजनिक पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बगी आएको काठ दाउरा संकलन लगायतका कार्य मलाहा जातीलाई मात्र उपलब्ध गराइ्नु पर्ने लगायतका २० बुंदे माग अघि सार्दै नेपाल मलाह कल्याण संघको अगुवाईमा गत माघ २५ देखी रिले अनसन सूरु गरेको थियो ।
उक्त स्थलमा अहिले सम्म नेकपा एमालेका उपसचिव प्रदीप ज्ञवाली, जनमत पार्टीका नेता जयकान्त राउत, मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राज कुमार लेखी, पुर्व सिचाई मन्त्री उमेश यादव लगायतका नेता पुगी माग पुरा गराउन पहल गर्ने आश्वासन दिएपनि हाल सम्म कुनै पहल नभएपछि आमरण अनसनमा जानु परेको अनसनकारीहरुले बताएका छन् ।
माँग पुरा नभएसम्म आफुहरु घर नफर्किने उनीहरुको अडान छ । २० बुंदे माग राखेर यस अघि पनि २०६४ साल देखी पटक÷पटक तत्कालिन सरकारका प्रमुखलाई ज्ञापन पत्र बुझाएपनि आश्वासन बाहेक केही नपाइएको संघका सचिव सुकलाल मुखियाले बताए । पछिल्लो पटक गत पुष १४ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइए पनि माग सम्बोधनको कुनै पहल नभएकाले बाध्यभई आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ