News Category 2081/11/29
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
एक महिनासम्म रिले अनसन तथा विगत पाँच दिनदेखि विभिन्न २० बुदे माग राखी मलाह समुदायले सुरु गरेको आमरण अनसन तीन बुदे सहमति पश्चात् बिहीबार तोडिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी बाँधमा आमरण अनसनमा बसेका मलाह समुदायका ५ जना वृद्ध अगुवाहरुलाई विहीबार प्रतिनिधिसभा सदस्य डा. सीके राउतले जुस पिलाएर अनसन तोडाएका हुन् ।
तीन बुदे लिखित प्रतिवद्धतामा आन्दोलनको स्वरुप परिवर्तन गर्ने, मलाह समुदायले उठाएका जायज माग सम्बोधनका लागि नेपाल मलाह कल्याण संघका प्रतिनिधि तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गर्ने तथा जिल्ला जिल्लामा अन्तरक्रिया मार्फत प्राप्त सुझावहरुलाई समेटेर काठमाडौं पुगि नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने उल्लेख छ ।
समझौता पश्चात् जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य डा. राउतले मलाह समुदायका जायज माग सम्बोधनका लागि जनमत पार्टीले समेत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । पीडितका पक्षमा सुरुदेखि नै जनमत पार्टीले आवाज उठाउँदै आएको बताउँदै डा. राउतले पीडित मध्येका अर्को मलाह समुदाय पनि जोडिएको उल्लेख गरे ।
मधेश प्रदेशका सांसद एवं जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मलाह समुदायले उठाएका मागहरु प्रति आफूहरु गंभिर रहेको र यसका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउदै आमरण अनसन जस्तो कठोर आन्दोलन नगर्न आग्रह गरेका थिए ।
मधेश प्रदेशका सभा सदस्य एवं पुर्व मन्त्री महेश प्रसाद यादव, जनमत पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख सुरेन्द्र कोईराला, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, समाजसेवी सुरज सिंह, नेपाल मलाह कल्याण संघका राष्ट्रिय अध्यक्ष नारायण मुखिया समेतको उपस्थिति थियो ।
सरकारी स्वामित्वमा रहेका मत्स्य फर्महरु, सिमसार र रिर्जभ्यार आदीमा मलाह जातिीलाई पचास प्रतिशत आरक्षण, संघीय र सात वटै प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना लगायतका विभिन्न २० बुन्दे माग राखी मलाह कल्याण संघका केन्द्रिय सदस्य ६५ बर्षीय बेचन मुखियाको नेतृत्वमा फागुन २५ देखि ७५ बर्षीय विलेक्षण मुखिया, ७० बर्षीय रशीलाल मुखिया, ६४ बर्षीय पञ्चलाल मुखिया र ६१ बर्षीय सदमलाल मुखिया आमरण अनसनमा बसेका थिए ।
माग सम्बोधनका लागि यसअघि नेपाल मलाह कल्याण संघको अगुवाईमा माघ २५ देखि रिले अनसन शुरु गरिएको थियो । तर, रिले अनसनको एक महिना वितेपनि सरकारले कुनै चासो नदेखाएको भन्दै फागुन २५ देखि आमरण अनसन थालिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ