News Category 2081/12/03
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट

दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा शनिबार राती आगलागि हुँदा लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको कंचनरुप नगरपालिका ४ कबिलासा बस्ने भागवत बिश्वासको गाइगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले उनको एक घर जलेको छ ।
प्रहरीका अनुसार गाईगोठ भित्र रहेको एक गाई, चार बाख्रा, तीन बाख्राको पाठा र पाँच क्विन्टल धान पुर्ण रुपमा जलेर नष्ट हुदा अन्दाजी ४ लाख मुल्य बराबरको क्षती भएको हो । आगो नेपाल प्रहरी, कंचनरुप नगरपालिकाको बारुणयन्त्र र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै शनिबारै राती जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित सब वन डिभिजन कार्यालय लक्ष्मीपुर नजिकै रहेको जंगलमा आगलागि भएको छ ।
अचानक लागेको आगोले सब वन डिभिजन कार्यालयमा राखिएको काठको गोलीया अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो लक्ष्मीपुरको प्रहरी टोली, स्थानिय र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ