News Category 2081/12/08
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
विगत दुई दशकदेखी भूमिगत भई नेपालमा सशस्त्र आन्दोलन चलाइरहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को नाम परिवर्तन गरिएको छ ।
गोइतले शुक्रबार एक प्रेस विज्ञप्ति जारि गर्दै मोर्चाको नयाँ नाम “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखिएको जनाएका छन् ।
जारि विज्ञप्तिमा क्रान्तिकारी राजनीतिक संगठनलाई आजैको मितिदेखी “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” लेख्न र बोल्न सकिने भन्दै नयाँ नामाकरण गरिएको उल्लेख छ ।
“सन् १९५० का भरत–नेपाल तथा ब्रिटेन नेपाल बीच काठमाडौंमा सम्पन्न भएको दुवै सन्धिहरुको धारा ८ को आधारमा आधारमा हाम्रो मातृभूमीको वस्तुस्थिति एउटा “स्वतन्त्र भूमि हो । प्रकारान्तरले हाम्रो मातृर्भुाम एक स्वतन्त्र राष्ट्र राज्य हो । हाम्रो मामि स्वतन्त्र राष्ट्र राज्य भए पनि यस भूमिमाथि नेपाली शासकहरुले बलपूर्वक ओनिवेशिक नश्लीय शासन गर्दै आएकोले २०६१, श्रावण १० देखि हामी स्वतन्त्र भूमि फ्री लेण्ड को मुक्तिको निम्ति बलिदानीपूर्ण सघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।” विज्ञप्तिमा नाम परिवर्तन गरिएको विषय बारे कारण यसरी उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ, “हाम्रो स्वतन्त्र राष्ट्र राज्यको ऐतिहासिकताको यथार्थ जानकारीको लागि नेपाल र भारतको इतिहास मात्र होईन कुरा सर्वविदितै छ । हाम्रो स्वतन्त्र राष्ट्र राज्यको ऐतिहासिकताको यथार्थ जानकारीको लागि नेपाल र भारतको इतिहास मात्र होईन कि नेपाल र भारतको साझा प्रचीन इतिहास अर्थात भारतीय उपमहाद्वीपको प्राचीन इतिहासको यथेष्ट राम्ररी उत्पन्न र विश्लेषण पश्चात जनतान्त्रिक तराई मुक्ति मोर्चा कान्तिकारी) को नाउँ फेरि सो ठाउँमा “फ्रि लैण्ड लिवरेशन फ्रन्ट फेरिएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ