News Category 2081/12/29
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
उपभोक्ता समिति मार्फत विकास निर्माण कार्यका विभिन्न योजनाका लागि मधेश प्रदेश सरकारबाट पठाइएका चिठीहरु यहाँस्थित सामाजिक विकास इकाई कार्यालयबाट थोरै र अधिकांश चिठी जनकपुरमै कमिशन लिई बिक्रि गरेको भन्दै उक्त कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्रदेश सांसद एवं पूर्व मन्त्री महेश प्रसाद यादवको अगुवाईमा शुक्रबार उक्त कार्यालयमा तालाबन्दी गरिएको हो । कार्यालयका कर्मचारीहरुलाई बाहिर निकालेर सांसद यादवको अगुवाईमा तालाबन्दी गरिएको हो ।
प्रदेश सांसद यादवले मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा सामाजिक विकास ईकाई कार्यालयमा पठाइएको विभिन्न योजनाका अधिकांश चिठी कार्यालय प्रमुख शुशिल झाले जनकपुरमै कमिशन लिई बिक्रि गरेको दाबी गरेका छन् ।
उनले प्रदेश सरकारबाट बुझेका योजनाका चिठीहरु कार्यालयबाट नभई बाटो बाटै बिक्रि गरिनु गलत भएको जिकिर गरे । उनले कार्यालय प्रमुखले बदमासी गर्ने तर योजना बिक्रिको आरोप सांसदहरुले खेप्नु परिरहेको भन्दै योजनाका चिठीहरु बितरण प्रक्रिया पारदर्शी र ऐन नियम अनुसार सम्बन्धीत कार्यालयबाटै हुनु पर्नेमा जोड समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ