News Category 2082/05/16
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
दैनिक समाचारदाता
जनकपुर, १६ भदौ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गम्भिरता पूर्वक जिम्मेवारी बोध नभएसम्म बिपद न्युनिकरण हुन नसक्ने बताएका छन् । मन्त्री लेखीले विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक रहेको समेत बताए ।
राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणको आयोजना, युएन वुमनको सहयोग तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा “बिपद जोखिम न्युनिकरणमा लैंगिक समानता तथा सामाजिक समावेशिकरण रणनीतिक कार्ययोजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सरकार प्रवक्ता समेत रहेका मन्त्री लेखीले विपद् व्यवस्थापनलाई केवल औपचारिकता नभई जीवन र सम्पत्तिसँग प्रत्यक्ष सरोकार राख्ने विषयका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।
“बिपदका घटना बिश्वब्यापी रुपमा बर्सेनि हुने गर्दा यस्ता घटनाले मानवियसहित भौतिक क्षतीहरु पनि हुने गरेका छन, बिपदबाट हुने जोखिमलाई न्युनिकरण गर्न हामी सरोकारवालाहरु, नागरिकहरुमा गम्भिरतापूर्वक जिम्मेवारी बोध हुनुपर्छ ।” गृहमन्त्री लेखीले अन्तरक्रियालाई सम्बोधन गर्दै भने, “हामी गम्भीर रुपमा जोखिम न्युनिकरणको लागि अगाडि नबढ्ने हो भने जोखिम न्युनिकरण गर्न सकिदैन ।”
उनले आपत्कालीन अवस्थालाई रोकथाम, तयारी, प्रतिकार्य र पुनःस्थापनासम्म सम्पूर्ण चरणमा तीनै तहका सरकार र सरोकारवाला निकायले एकसाथ हातेमालो गर्नुपर्नेमा जोड जिकिर गरे । साथै नागरिक समाज, युवा, महिला समूह र समुदाय स्वयं पनि सचेत र सक्रिय भएर विपद् न्यूनीकरणका काममा जुट्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सरोकारवालाबीच कानुनी संरचना, सामाजिक समावेशिता, लैंगिक समानता, राजनीतिक अधिकार, दिगो विकास र सुरक्षित समाज निर्माणका विषयमा छलफल भएको थियो ।
कार्यक्रमले प्रदेशका विभिन्न तहका नीति निर्माता, सुरक्षा निकाय, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाबीच साझा समझदारी र कार्ययोजना बनाउन सकारात्मक भूमिका खेलेको सहभागीहरूको भनाइ थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ