News Category 2082/05/22
खोला किनारमा महिला मृत फेला, टाउँकोमा चोट लागेका पुजारी मृत्यु
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा शनिबार भएको घटनामा एक महिला खोला किनारमा मृत फेला परेकी छिन भने टाउँकोमा चोट लागेका पुजारीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका ७ स्थित खोलामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
सो पालिका वडा नं. ७ भंगाहास्थित देवधार खोलाको पूर्व पट्टी काश घारीको किनारामा पहिचान नखुलेको तराई मुलुकको जस्तो देखिने ४०÷४५ वर्षिया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको कञ्चनरुप नगरपालिका ९ सुन्दरी पुलको छेउस्थित काली मन्दिरका पुजारीको मृत्यु भएको छ । नाम नखुलेका ७०÷७५ वर्षिय ती पुजारी विगत ६÷७ वर्षदेखी उक्त मन्दिरमा पुजारीको रुपमा कार्यरत थिए ।
शनिबार साँझ टाउँकोमा चोट लागेर लडिरहेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । उपचारका लागि नगर अस्पताल कंचनपुरमा भर्ना गरेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
मृत्यु भएका पुजारीको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको तथा घटना शंकास्पद देखिएकोले अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ