News Category 2082/05/22
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
उच्च अदालत जनकपुर राजविराज इजलासले उत्कृष्ट ढंगले कार्यसम्पादन गरे वापत आफ्ना पाँच जना कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
निजामती कर्मचारी दिवसको अवसर पारेर उच्च अदालत जनकपुर राजविराज इजलासले वर्ष भरिमा उत्कृष्ट काम गर्ने आफ्ना पाँच जना कर्मचारीलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा इजलास अधिकृत विष्णु नेपाली, नायब सुब्बाद्वय प्रल्हाद कार्की, माधव प्रसाद यादव, तामेलदार रामचन्द्र साह र कार्यालय सहयोगी पुटु कुमार सिंह रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अदालतका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले पाँचै जना कर्मचारीलाई जनही ५÷५ हजार रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरेर सम्मान गरे ।
सो अवसरमा उनले परिश्रम तथा इमानदारीताका साथ काम गरि मुस्कानसहित सेवा दिने कर्मचारीलाई अदालतले जहिले पनि आदर र सम्मान गर्दै आएको र यसपल्ट पनि त्यसलाई निरन्तरता दिएको बताए ।
कार्यक्रममा अदालतका रजिष्टार लोकनाथ पराजुलीले इमानदारीपूर्वक काम गर्ने कर्मचारीको अदालतले उच्च मूल्यांकन गर्ने गरेको बताउँदै सबै कर्मचारीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ